7 years ago
November 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू–१९ एसिया कपको अन्तिम तयारीमा जुटेको नेपाल र बंगलादेशको युवा टोलीबीच आज दोस्रो अभ्यास खेल सुरु भएको छ । बंगलादेशको क्रिरा शिखा प्रतिष्ठान (बिकेएसपी) मैदानमा बंगलादेशले पहिले ब्याटिङ सुरु गरेको छ ।
दुई दिन अघि भएको पहिलो अभ्यास खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । नेपालले दिएको १ सय ५४ रनको लक्ष्य बंगलादेशले ३९ ओभरमा ७ विकेट गुमाएर पुरा गरेको थियो । मलेसियामा कात्तिक २३ गते देखि सुरु हुने एसिया कपको अन्तिम तयारीका लागि नेपाली टोली बंगलादेश भ्रमणमा गएको हो ।
एसिया कपमा नेपाल र बंगलादेश एउटै समूहमा छन् । बंगलादेशसँग कात्तिक २५ गते खेल्दै नेपालले एसिया कपको सुरुआत गर्नेछ । समूह ‘ए’ मा नेपाल, बंगालदेशसहित भारत र आयोजक मलेसिया रहेका छ ।
नेपालको दोस्रो खेल कार्तिक २६ गते भारतसँग खेल्नेछ । समूह चरणको अन्तिम खेल कार्तिक २८ गते नेपालले आयोजक मलेसियाको सामना गर्नेछ । भारत तीन पटकको एसिया कप च्याम्पियन हो ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]