7 years ago
November 3, 2017
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको सेञ्चुरी बैंक कर्पाेरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा २४ टोलीले सहभागिता जनाउने भएका छन् ।
एस एस इभेन्ट्सको आयोजनामा हुने सुपर सिक्सेस प्रतियोगितामा सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ती कर्पाेरेट टिमहरु रहेका छन् । शुक्रबार नै टाइसिट सार्वजनिक गरिएको थियो ।
प्रतियोगिता कात्तिक २१ गतेबाट २५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताको हरेक समूहको शीर्ष दुई टोली प्रि–क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको विजेताले ट्रफीसहित आकर्षक गिफ्टका साथै अर्काे वर्षको प्रतियोगितामा नि:शुल्क प्रवेश पाउनेछन् । उपविजेताले पनि ट्रफीसँगै गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ट्रफी र गिफ्ट ह्याम्पर तथा उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डर, विकेट किपर, सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीहरुले आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै हिट दि बोर्ड र फेयर प्ले टिम पनि पुरस्कृत हुनेछन् ।
सेञ्चुरी बैंक गत संस्करणको विजेता हो ।
समूह विभाजन
समूह ‘ए’– नेपाल एसबिआई बैंक, इम्पोई प्रोभिडेण्ट फण्ड र कैलाश बिकास बैंक
समूह ‘बी’– सुर्य नेपाल, सिप्रदी र प्रभु बैंक
समूह ‘सी’– नेपाल टेलिकम, आइसीएफसी फाइनान्स र आइएमई
समूह ‘डी’– माछापुच्छ्रे बैंक, सेञ्चुरी बैंक र अन्नपूर्ण मिडिया नेटवर्क
समूह ‘ई’– नबिल बैंक, एनसीसी बैंक र ओम डेभलपमेन्ट बैंक
समूह ‘एफ’– एनएमबी बैंक, रमन जनरल र कुमारी बैंक
समूह ‘जी’– एनआइसी एसिया बैंक, सिभिल बैंक र सांग्रिला स्पिरिट्स
समूह ‘एच’– जनता बैंक, सुनवी डिजाइन र मेघा बैंक
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]