7 years ago
November 2, 2017
काठमाडौं (हाम्रो खेलकुद)– आइसीसी विश्व टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत एसिया क्षेत्रको छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा भएको छ ।
छनोट समितिले प्रशिक्षण क्याम्पमा रहेका २२ खेलाडीबाट तीन वैकल्पिक सहित अन्तिम १७ सदस्यीय टोलीको घोषणा गरेको हो । प्रारम्भिक चरणमा ४४ खेलाडीलाई डाँकिएको थियो ।
छनोट समितिमा रहेका आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटा, महिला राष्ट्रिय टोलीका प्रशिक्षक सामसन जंग थापा र महिला राष्ट्रिय टोलीका कप्तान रुविना क्षेत्री सम्मलित समितिले खेलाडीको छनोट गरेको हो । प्रशिक्षणमा रहेका शोभा आले, एलिसा क्षेत्री, बिनु बुढा मगर, सरस्वती चौधरी र अन्जली चन्द भने अन्तिम छनोटमा पर्न सकेनन् ।
थाइल्यान्डमा नोभेम्बर २० देखि सुरु हुने टि-ट्वान्टी विश्वकप छनोटको एसिया क्षेत्रबाट आयोजक थाइल्यान्डसँगै नेपाल, हङकङ, युएई र चीन गरी ५ राष्ट्रको सहभागिता रहेको छ । नेपालको पहिलो खेल नोभेम्बर २० तारिखमा आयोजक थाइल्यान्डसँग हुनेछ ।
त्यसपछि नेपालको प्रतिस्पर्धा नोभेम्बर २१ मा हङकङ, २३ मा युएईसंँग र अन्तिम खेल चीनसँग नोभेम्बर २६ मा हुनेछ । राउण्ड रोविनको आधारमा हुने खेलमा लिगको पहिलो र दोस्रो हुने टोली बीच फाइनल हुनेछ । छनोटको विजेताले अर्को वर्ष वेस्ट इनिजमा हुने महिला टि-ट्वान्टी प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ ।
छनोट भएका १७ खेलाडी :
१. रुविना क्षेत्री (कप्तान)
२.सीता राना मगर
३.ज्योती पाण्डे
४.सरिता मगर
५.नेरी थापा
६.रोमा थापा
७.इन्दु बर्मा
८.करुणा भण्डारी
९.सोनु खड्का
१०. लक्ष्मी चौधरी
११. रितु कनोजिया
१२.सवनम राई
१३. काजल श्रेष्ठ
१४.संगीता राई
कविता कुँवर (वैकल्पिक)
नितु भण्डारी (वैकल्पिक)
रेखा रावल (वैकल्पिक)
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]