7 years ago
October 29, 2017
पाचेस्ट्रुम/दक्षिण अफ्रिका (एजेन्सी)– दक्षिण अफ्रिकी मध्यक्रमका ब्याट्सम्यान डेभिड मिलरले आइतबार टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो ३५ बलमा शतक बनाउँदै कीर्तिमान राचेका छन् । बंगलादेशमाथि ८३ रनले खेल जितेसँगै दक्षिण अफ्रिकाले दुई टि ट्वान्टी २–० ले जितेको छ ।
बंगलादेशविरुद्धको दोस्रो तथा अन्तिम टि ट्वान्टीमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो । जवाफमा बंगलादेशले १८.३ ओभरमा सबै विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो ।
मिलरले शतक बनाउने क्रममा आफ्नै देशका रिचार्ड लेभीको कीर्तिमानलाई भंग गरेका हुन् । उनले सन् २०१२ मा न्युजिल्यान्डविरुद्ध ४५ बलमा शतक पुरा गरेका थिए । शून्य रनमा जीवन दान पाएका मिल्नरले अन्तमा ३६ बलमा अविजित १ सय १ रन जोडे । उनले ७ चौका र ९ छक्का प्रहार गरेका थिए ।
मिलरले १९ ओभरको सुरुआती पाँच बलमा लगातार छक्का प्रहार गरेका थिए । ओपनर हासिम अमलाले मिल्नरलाई राम्रो साथ दिएका थिए । उनले ५१ बलमा ११ चौका र १ छक्का साथ ८५ रन जोडेका थिए । एबी डि भिलियर्सले २० रन जोडे भने बाँकी कनै खेलाडीले दोहोरो आँकडामा रन बनाउन सकेनन् ।
२ सय २५ रनको लक्ष्य पछ्याएको बंगलादेशका ओपनर सौभ्य सकारले सबैभन्दा बढी ४४, महमुदुल्लो २४, मोहम्मद सैफुद्दिनले २३ र मेहेदी हसन मिर्जाले १३ रन जोडे भने अन्य सबै खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]