7 years ago
October 29, 2017
कानपुर (एजेन्सी)– विराट कोहलीको नेतृत्वमा रहेको क्रिकेट टोलीले तेस्रो तथा अन्तिम खेलमा आज न्युजिल्यान्डलाई ६ रनले हराएसँगै भारतले तीन एक दिवसिय क्रिकेट श्रृखंला २–१ ले जितेको छ ।
जवाफमा उत्कृष्ट प्रदर्शन गरेको भ्रमणकारी टोलीले ४६ ओभरसम्म पनि खेल जित्ने सम्भावना देखाएको थियो । तर, अन्त्यतिर जस्प्रित बुम्राह र भुवनेश्वर कुमारले उत्कृष्ट बलिङ गरेपछि ३ सय ३८ रनको लक्ष्य पछएको न्युजिल्यान्डले ७ विकेट गुमाएर ३ सय ३१ रन बनाएको थियो । सन् २०१६ यता भारतले भारतले लगातार ७ वटा एक दिवसिय श्रृखंला जितेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्ता पाएको भारतले त्यसको पुरा पुर फाइदा उठाउँदै ६ विकेटको क्षतिमा ३ सय ३७ रन बटुलेको थियो । ओपनर रोहित शर्मा र कप्तान विराट कोहलीले दोस्रो विकेटका लागि २ सय भन्दा बढीको साझेदारी गरेपछि भारतले उच्च स्कोर बनाएको थियो ।
१४ रन बनाएर ओपनर शिखर धवन आउट भएपछि अर्का ओपनर रोहित र कोहलीले मोर्चा सम्हालेका थिए । उनीहरुले दोस्रो विकेटका लागि २ सय ३० रनको महत्वपूर्ण साझेदारी गरे । उनीले २ सय बढी रनको साझेदारी गरेको यो चौथो पटक हो । रोहितले १ सय ३८ बलमा १८ चौका र २ छक्को मद्दतमा १ सय ४७ रन बनाए ।
एक दिवसिय क्रिकेटमा सोही खेलमार्फत ९ हजार रन पुरा गरेका कोहलीले १ सय ६ बलमा १ सय १३ रन जोडे । उनले ९ चौका र १ छक्का प्रहार गरे । महेन्द्र सिंह धोनीले २५ र केदार जादवले १८ रन जोडे ।
न्युजिल्यान्डका टिम साउथी, एडम मिल्ने र मिचेल सान्टनेरले समान २ विकेट लिएका थिए । जवाफमा न्युजिल्यान्डका ३ खेलाडीले अर्धशतक पुरा गरेपनि टोली जितबाट विमुख हुन पुग्यो । ओपनर कोलिन मुर्नो (७५), कप्तान काने विलियम्सन (६४), टोम लाथम (६५) ले अर्धशतक बनाएका थिए । भारतका लागि बुम्राहाले ३, युजभेन्द्र चाहालले २ र भुवनेश्वरले १ विकेट लिएका थिए ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]