7 years ago
October 29, 2017
काठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा हुने एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको लागि नेपाली टोलीको आज घोषणा भएको छ ।युथ टोलीका मुख्य प्रशिक्षक विनोद दास र एसीसीका प्रतिनिधि बेन्काटापति राजु रहेको समितिले खेलाडीको छनोट गरेको छ ।
दिपेन्द्र सिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको छ । ४ खेलाडी वैकल्पिकमा छन् । अन्तिम छनोटमा एसीसी यू–१९ इस्टर्न रिजनको उपाधि जित्ने खेलाडीको बाहुकल्यता रहेको छ ।
गत महिना इस्टर्न रिजनको च्याम्पियन बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो । एसिया कप मलेसियामा नोभेम्बर ११ बाट १९ सम्म हुनेछ । जसमा टेष्ट मान्यता राष्ट्रहरु भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, अफगानिस्तानसहित आठ टोलीको सहभागिता रहने छ ।
नेपाली टोली सोमबार अन्तिम तयारी गर्न बंगलादेशको भ्रमण गर्दैछ । बंगलादेश भ्रमणको दौरानमा नेपाली टिमले बंगलादेशको यु–१९ टिमसँग तीन मैत्रीपूर्ण खेल खेल्ने तय छ । नेपालले क्रिरा शिखा प्रतिष्ठान (बिकेएसपी) मा तीन वटा अभ्यास खेल खेल्ने बताइएको छ ।
नेपाली टोली
१.दिपेन्द्र सिंह ऐरी -कप्तान
२.रोहित कुमार पौडेल
३. सन्दिप लामिछाने
४.सन्दिप सुनार
५.प्रनित थापा मगर
६.अनिल कुमार शाह
७.पवन शर्राफ
८.आसिफ शेख
९.किशोर महतो
१०.शाहब आलम
११. प्रकाश केसी
१२.कमल सिंह एरी
१३.भिम सार्की
१४. राशिद खान
१५.जितेन्द्र सिंह
वैकल्पिक खेलाडी
१.सुन्दिप जोरा
२.विक्रम कुमार भुसाल
३.अंकित सुवेदी
४.विजय चौधरी
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]