7 years ago
October 29, 2017
कानपुर (एजेन्सी)– भारत र न्युजिल्यान्डबीच तीन एक दिवसिय क्रिकेट श्रृखंलाको तेस्रो तथा निर्णायक खेल आज हुँदैछ । श्रृखंलामा १–१ को बराबरी छ ।
पहिलो खेलमा ६ विकेटको जित हासिल गर्दै श्रृखंलाको सुरुआत गरेको न्युजिल्यान्डले दोस्रो खेलमा त्यसलाई निरन्तरता दिन सकेन । दोस्रो खेलमा भारतले पनि ६ विकेटकै जित निकालेर श्रृखंलामा पुनरागमन गरेको थियो ।
न्युजिल्यान्डले भारतमा सन् १९९५ , १९९९ र २०१६ मा खेलेका तीन श्रृखंलामा पनि अन्तिम खेल नै निर्णायक थिए । तर तीन वटामै अन्तिम खेल गुमाउँदा न्युजिल्यान्डले श्रृखंला गुमाएको थियो । एक पटक फेरि न्युजिल्यान्डले भारतीय भूमिमा श्रृखंला जित्ने अवसर पाएको छ ।
आजको खेलमा भारतीय कप्तान विराट कोहलीले दुवै रिस्ट स्पिनर युजभेन्द्र चाहल र कुलदिप यादवलाई खेलाउने अपेक्षा गरिएको छ । कोहली एकदिवसिय खेलमा ९ हजार रन पुरा गर्न मात्र ८३ रनले टाढा छन् ।
भारतका लागि सचिन तेन्दुलकर , राहुल द्रविड , महेन्द्र सिंह धोनी , सौरभ गांगुली र मोहमन अजरुद्दीनले मात्र अहिले सम्म ९ हजार रनको पुरा गरेका छन् । पहिलो खेलमा कोहलीले शतक बनाउनका वावजुद भारत पराजित भएको थियो ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]