default_image

9 years ago

December 15, 2015

विवादबीच चतुरबहादुर क्यान अध्यक्षमा निर्वाचित

138 views

0 Bookmark

विवादबीच नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचनले  चतुर बहादुर चन्दको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चुनेको छ|

can

राष्ट्रिय खेलकुद परिषद (राखेप)को निर्वाचन रोक्ने निर्देशन र माओवादी पधादिकारी सहित ११ जनाको बहिष्कारका बाबजुद  मध्यरातमा भएको निर्वाचनले दुइ उपाध्यक्ष बाहेक सबै पद् निर्विरोध भएको थियो| सुरुमा युवा तथा खेलकुद मन्त्रि सत्यनारायण मण्डलले ११ बजे साधारण सभाको उद्घाटन गर्ने भनिएपनि मन्त्रीकै सुझावमा ३ बजेलाई उद्घाटन सारिएको थियो| मन्त्रि मण्डल सोमबार दिउसो क्यान साधारण सभा उद्घाटन नगरी राखेप सदस्य सचिव केशब कुमार बिस्ट संग एक फुटबल प्रतियोगिताको समापनका लागि लुक्ला पुगेका थिए|

चतुर बहादुर चन्दको अध्यक्षतमा गठित कार्यसमितिको प्रथम उपाध्यक्ष बिनोद कुमार मैनाली रहेका छन्| दुइ उपाध्यक्ष पदको लागि निर्वाचन भएकोमा सैलेश चौधरी ५३ मत र दिवाकर घले ३७ मत ल्याएर निर्वाचित भए| पराजित नरेश राणा ३३ मत ल्याउन सफल रहे| यसैगरी अशोक कुमार प्याकुरेल महासचिव पदमा निरिविरोध निर्वाचित भए| सदस्यमा भने रतन बहादुर कठायत, हरि रेग्मी, प्रशान्त विक्रम मल्ल, मो.दाउद अन्सारी, ऋषिराम गौतम, रोशन कुमार सिंह, किरण समशेर राणा, जयन्ति भट्ट, जिना श्रेष्ठ, ठाकुर प्रताप थापा, राजुबाबु श्रेष्ठ र संजय राज सिंह निर्विरोध निर्वाचित भए|

पुर्व अध्यक्ष टंक आङ्गबुहाङ्ग लगायतका ११ जना माओवादी समर्थित सदस्यले निर्वाचन बहिष्कार गरेका थिए| माओवादी पक्षले चुनाव मंगलबारलाई सर्न गरेको दवाबलाईबेवास्था गर्दै साधारण सभा सोमबार नै निर्वाचन गर्ने निर्णयमा पुगेको हो|

April 30, 2025

कोलकाताको चौथो जित

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १४ रनले हराउँदै चौथो जित हात पारेको छ। जितको लागि २ सय ५ रनको लक्ष्य पछाएको दिल्ली २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९० रनमा समेटियो।फाफ डु प्लेसिसले सर्वाधिक ६२ रन बनाए। उनले ४५ बलमा ७ चौका र २ छकमका प्रहार गरे। […]

April 29, 2025

दिल्लीलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई जितको लागि २ सय ५ रनको लक्ष्य दिएको छ। अरुण जैटली स्टेडियममा दिल्लीले टस जितेर फिल्डिङ रोज्यो। कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४ रन बनायो। कोलकाताले सन्तोषजनक सुरुवात गर्यो। पहिलो पावर प्लेमा १ विकेट गुमाउँदै ७९ रन जोड्यो। ओपनर रहमानुल्लाह […]

April 29, 2025

नेपाल रातोको सहज जित

काठमाडौं ( हाम्रो खेलकुद)- दि कोर क्याम्प सिनियर टिम अभ्यास म्याचमा नेपाल रातोले नेपाल पहेंलोलाई ८ विकेटले हराएको छ। जितको लागि १ सय ५९ रनको सहज लक्ष्य नेपाल रातोले २९ .४ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनर त्रितराज दास र अर्जुन साउदले राम्रो सुरय दिलाए। उनीहरुले पहिलो विकेटको लागि ८५ रनको साझेदारी गर्दै जितलाई […]

Success

Thank you for your time.