7 years ago
October 27, 2017
काठमाडौं (हाम्रो खेलकुद)– आइसीसी विश्व टि ट्वान्टी अन्तर्गत एसिया क्षेत्रको छनोटका लागि नेपाली महिला क्रिकेट टोलीका लागि दोस्रो चरणमा २२ खेलाडी छनोट भएको छन् । छनोट समितिले तीन दिनसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको अभ्यासपछि २२ खेलाडीलाई छनोट गरेको हो । प्रारम्भिक चरणमा ४४ खेलाडीलाई डाकिएको थियो ।
छनोट समितिमा रहेका आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटा, महिला राष्ट्रिय टोलीका प्रशिक्षक सामसन जंग थापा र महिला राष्ट्रिय टोलीका कप्तान रुविना क्षेत्री सम्मलित समितिले खेलाडीको छनोट गरेको हो । थाइल्यान्डमा नोभेम्बर २० देखि सुरु हुने टि ट्वान्टी विश्वकप छनोटको एसिया क्षेत्रबाट आयोजक थाइल्यान्डसँगै नेपाल, हङकङ, युएई र चीन गरी ५ राष्ट्रको सहभागिता रहेको छ ।
नेपालले पहिलो खेल नोभेम्बर २० तारिखमा आयोजक थाइल्यान्डसँग हुनेछ । त्यसपछि नेपालको प्रतिस्पर्धा नोभेम्बर २१ मा हङकङ, २३ मा युएईसंँग र अन्तिम खेल चीनसँग नोभेम्बर २६ मा हुनेछ । राउण्ड रोविनको आधारमा हुने खेलमा लिगको पहिलो र दोस्रो हुने टोलीबीच फाइनल हुनेछ । छनोटको विजेताले अर्को वर्ष वेस्ट इनिजमा हुने महिला टि ट्वान्टी प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ ।
दोस्रो चरणमा छनोट भएका खेलाडी
१. रुविना क्षेत्री (कप्तान)
२.सीता राना मगर
३.ज्योती पाण्डे
४.सरिता मगर
५.नेरी थापा
६.रोमा थापा
७.इन्दु बर्मा
८.करुणा भण्डारी
९.सोनु खड्का
१०.शोभा आले
११. नितु भण्डारी
१२. एलिसा क्षेत्री
१३. कविता कुवँर
१४.बिनु बुढा मगर
१५. सरस्वती चौधरी
१६. लक्ष्मी चौधरी
१७. रितु कनोजिया
१८.संगीता राई
१९.अन्जली चन्द
२०.काजोल श्रेष्ठ
२१.रेखा रावल
२२.सवनम राई
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]