7 years ago
October 26, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना मलेसियामा हुने यू १९ एसिया कपको तयारीमा नेपाली टोलीले बगलादेशमा पुगेर गर्ने भएको छ । जहाँ नेपालले बंगलादेशको युवा टोलीलाई ३ वटा अभ्यास खेल खेल्ने तय भएको छ ।
अभ्यास खेलका लागि अक्टुबलर ३० देखि नोभेम्बर ६ सम्म नेपाली टोली बंगलादेशमा रहने बंगलादेश क्रिकेट बोर्डको वेभसाइडमा उल्लेख गरिएको छ ।
नेपाली युवा टोलीका प्रशिक्षक विनोद दासले बंगालदेश क्रिकेट बोर्डलाई अभ्यास खेलका लागि अनुरोध गरिएको र सकारात्मक जवाफ आएको बताएका छन् । उनले भने,‘आज साँझ सम्म सबै टुंगो लाग्छ ।’
नेपाल र बंगलादेशको युवा टोलीबीचको खेल क्रिरिरा शिक्खा प्रोतिष्ठान (बिकेएसपी) मा हुने बंगलादेश क्रिकेट बोर्डले जानकारी गरेको विज्ञप्तीमा उल्लेख छ । गत महिना इस्टर्न रिजन च्याम्पियन बन्दै नेपाल यू १९ एसिया कपका लागि छनोट भएको थियो ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]