default_image

7 years ago

October 25, 2017

भारतसँग न्युजिल्यान्ड पराजित, श्रृखंलामा १–१ को बराबरी

89 views

0 Bookmark

पुने (एजेन्सी)– ओपनर शिखर धवन र दीनेश कार्तिकले अर्धशतक पुरा गरेपछि भारतले दोस्रो एक दिवसिय क्रिकेटमा न्युजिल्यान्डलाई ६ विकेटले हराएको छ । भारतको जितसँगै तीन एक दिवसिय श्रृखंलामा १–१ को बराबरी भएको छ ।

आज भएको दिवा रात्री खेलमा भुवनेश्वर कुमारले ४५ रन खर्चेर ३ विकेट लिएपछि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३० रनको मध्यम स्कोर खडा गरेको थियो । भ्रमणकारी टोलीका लागि कोलिन डी ग्रान्डहोमेले सबैभन्दा बढी ४१ रन बनाएका थिए ।

जवाफमा माथिल्लो क्रमका ब्याट्सम्यानको उच्च प्रदर्शनबाट भारतले ४ विकेटको क्षेतिमा ४६ ओभरमा २ सय ३२ रन जोड्दै नतिजा आफ्नो पक्षमा पारेको थियो । धवनले ६८ र कात्र्तिकले ६४ रन जोडे । ८३ बल खेलेका धवनले ५ चौका र २ छक्का प्रहार गरे । कात्तिकले ९२ बलमा ४ चौका प्रहार गरे ।

अर्का ओपनर रोहित शर्मा ७ रनमा आउट भएपनि कप्तान विराट कोहलीले २९, हार्दिक पाण्डेयाले ३० तथा महेन्द्र सिंह धोनीले १८ रन बनाउँदा भारतले सहज जित हासिल गरेको थियो । यी दुईबीचको तेस्रो तथा निर्णायक खेल आइतबार कानपुरमा हुनेछ ।

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

March 18, 2025

कोशीविरुद्ध कर्णालीको मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]

March 18, 2025

गण्डकीविरुद्ध बागमतीको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]

Success

Thank you for your time.