default_image

7 years ago

October 25, 2017

काठमाडौं जिल्ला क्रिकेटमा घलेकै निरन्तरता

132 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं जिल्ला क्रिकेट संघको साधारण सभाले दिवाकर घलेको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति बुधबार निर्विरोध चयन गरेको छ । सदस्यका तीन जना आकांक्षीले उम्मेदवारी फिर्ता गरेपछि कार्यसमिति निर्विरोध चुनिएको थियो ।

महाविर क्लबका घले यसअघि दुई पटक जिल्लाको अध्यक्ष रहि सकेका छन् । चार वर्षे कार्यकालका लागि केकेएमका विनय सिंह प्रधान उपाध्यक्ष, राष्ट्रिय महिला क्रिकेट टोलीका पूर्व प्रशिक्षक राजु बस्न्यात सचिव र महेश्वर श्रेष्ठको कोषाध्यक्षमा निर्वाचित भए ।

जिल्ला संघका सदस्य र क्लबका प्रतिनिधि गरि ३८ जनाको सहभागिता रहेको साधारण सभाले त्यस्तै मनीष ढुंगेल, कलाम अली, विजितध्यवज चन्द, दीपेश पौडेल, विजयकुमार शर्मा सदस्य चयन गर्यो । अन्य सदस्यमा शैलेश कर्माचार्य, सचिन तिमल्सेना, रितेश डंगोल, रमन श्रेष्ठ, अजयवीर पाण्डे र महेश्वरी डंगोल सदस्य चयन भए ।

श्यामसंग जंग थापा, वसन्तराज अर्यालय (अरुण) र पुकार पन्तले सदस्यबाट उम्मेदवारी फिर्ता लिएका थिए । निर्वाचित कार्यसमितिलाई प्रमुख निर्वाचन अधिकृत उद्धव केसीले प्रमाणपत्र प्रदान गरेका थिए ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट निलम्बनमा रहेको नेपाल क्रिकेट संघ (क्यान) को संसोधित विधान अनुसार निर्वाचन भएको थियो । दुई वर्षअघि भएको जिल्ला कार्यसमितिलाई स्वतः तदर्थ मानेसँगै आज सम्मका लागि जिल्ला संघको निर्वाचन सक्न क्यानले निर्देशन दिएको थियो । जिल्ला संघको निर्वाचन सेको ६० दिन भित्र केन्द्रको निर्वाचन गरिसक्नु पर्ने क्यानको विधानमा उल्लेख छ ।

त्यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कोषाध्यक्ष सुरेन्द्र हमालले साधारण सभाको उद्घाटन गरेका थिए । नेपाल पत्रकार महासंघका पूर्व कोषाध्यक्ष हेमन्त काफ्ले, नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिना, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचनले साधारण सभाको सफलताको कामना गरेका थिए ।

निर्वतमान सचिव सुदिप शर्माको प्रतिवेदन र कोषाध्यक्ष राजु बस्न्यातको आर्थिक प्रतिवेदनलाई साधारण सभाले सर्वसम्मले पास गरेको थियो ।

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

March 18, 2025

कोशीविरुद्ध कर्णालीको मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]

March 18, 2025

गण्डकीविरुद्ध बागमतीको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]

Success

Thank you for your time.