default_image

7 years ago

October 25, 2017

माछापुच्छ्रे क्रिकेट क्लब दुबई भ्रमणमा जाने

126 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पोखराको माछापुच्छ्रे क्रिकेट क्लब (एमसिसी) अभ्यास खेलका लागि संयुक्त अरब इमिरेट्स (युएई) को दुबई जाने भएको छ । दुई वटा अभ्यास खेलका लागि एमसीसी दुबई भ्रमणमा निस्कन लागेका हो ।

दीपेश खत्री

भ्रमण आगामी नोभेम्बर १७ देखि २२ तारिखसम्म हुनेछ । एमसिसीले दुवईको दुई फरक क्रिकेट स्टेडियम (आइसीसी एकेडेमीको मैदान र एमसीसी अजमन) को मैदानमा दुई अभ्यास खेल खेल्ने कार्यक्रम छ ।

१८ नोभेम्बरमा एमसिसीले दुबईको पुरानो मध्येको एक दार्जिलिङ क्रिकेट क्लबसँग आइसिसी एकेडेमीमा पहिलो खेल खेल्नेछ । त्यस्तै १९ नोभेम्बरमा वाइटिसिएसँग दोस्रो अभ्यास खेल खेल्ने एमसीसीले जनाएको छ ।

क्लबका खेलाडीलाई अन्तराष्ट्रियस्तरको एक्सोजर दिन भम्रणले भूमिका खेल्ने एमसिसीले उल्लेख गरेको छ एमसीसीले आगामी दिनमा अष्ट्रेलिया र इंग्ल्याण्डमा पनि भ्रमण गराउने लक्ष्य राखेको बताइएको छ । दीपेश खत्रीको कप्तानीमा रहेको दुबई जाने टोलीमा सोनु तामाङ, सुमन उदय, रविन जोशी, प्रितम दुवाल श्रेष्ठ, सुमन चौलागाई लगायतका खेलाडी छन् ।

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

March 18, 2025

कोशीविरुद्ध कर्णालीको मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]

March 18, 2025

गण्डकीविरुद्ध बागमतीको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]

Success

Thank you for your time.