7 years ago
October 23, 2017
दक्षिण अफ्रिका (एजेन्सी)– दक्षिण अफ्रिकाले तेस्रो तथा अन्तिम एक दिवसिय क्रिकेटमा हिजो बंगलादेशलाई २ सय रनले हराएको छ । योसँगै घरलु टोलीले एक दिवसिय श्रृखंला ३–० ले आफ्नो पक्षमा पारेको छ ।
पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ३ सय ६९ रन बनाएको थियो । यो बंगलादेशविरुद्ध टोलीले बनाएको अहिले सम्मकै उच्च स्कोर हो । जवाफमा ४०.४ ओभरमा सबै विकेट गुमाएको बंगलादेशले १ सय ६९ रन मात्र बनाउन सक्यो ।
रिटार्य हर्ट भएका कारण दक्षिण अफ्रिकी कप्तान फाफ डु प्लिसिसले शतक पुरा गर्न सकेनन् । उनले टोलीका उच्च ९१ रन बनाएका थिए । घरेलु टोलीका डाने पार्टेसनले ३ विकेट लिए । बंगलादेशका लागि सकिब अल हसनले मात्र अर्धशतब नाउन सके । उनले ६३ रन जोडेका थिए ।
एक वर्ष यता दक्षिण अफ्रिकाको यो सबैभन्दा फराकिलो जित हो । यसअघि सन् २०१६ मा दक्षिण अफ्रिकाले आयरल्यान्डलाई २ सय ६ रनले हराएको थियो । बंगलादेश दक्षिण अफ्रिकाको भ्रमणमा अझै जितको खोजीमा रहेको छ । टोलीले श्रृखंलाका मात्र होइन त्यसअघि अभ्यासमा पनि कुनै खेल जित्न सकेन । अब यी दुई टोलीबीच दुईवटा टि ट्वान्टी खेल हुनेछन् ।
दक्षिण अफ्रिकाले हासिम अमला र जेपी डुमिनीलाई आराम दिएको थियो । अमलाको ठाँउ लिएका टेम्बा बाभुवमाले ४८ रन जोडे । क्विन्टन डी ककले ७३, तथा डुमिनीको ठाँउ लिएर एक दिवसिय क्रिकेटमा डेब्यू गरेका एडिन मारक्रमले ६६ रन बनाए ।
मारक्रमले ३ ओभरमा बंगलादेशको २ विकेट पनि लिएका थिए । डु प्लिसिस खेलको म्यान अफ दी म्याच चुनिए भने डी कक म्यान अफ दी सिरिज घोषित भए । दक्षिण अफ्रिका र बंगलादेशबीचको पहिलो टि ट्वान्टी बिहीबार हुनेछ ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]