7 years ago
October 23, 2017
मुम्बई (एजेन्सी)– टोम लाथमले र रोस टेलरले चौथो विकेटका लागि कीर्तिमान २ सय रनको साझेदारी गरेपछि न्युजिल्यान्डले पहिलो एक दिवसिय क्रिकेटमा भारतलाई ६ विकेटले हराएको छ ।
वाङखडे मैदानमा हिजो भएको दिवा रात्री खेलमा लाथमले शतक (१०३) र टेलरले ९५ रन बनाएपछि भारतीय कप्तान विराट कोहलीको शतक पनि छायाँमा परेको थियो । यो जितसँगै तीन एक दिवसिय श्रृखंलामा भ्रमणकारी टोलीले १–० को अग्रता लिएको छ ।
पूर्व कप्तान समेत रहेका टेलर र लाथमले अभ्यास खेलमा पनि शतक पुरा गरेर भारतीय टोलीविरुद्ध भारी पर्ने संकेत गरेका थिए । २ सय ८१ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४९ ओभरमा ४ विकेट गुमाएँदै २ सय ८४ रन जोडदै खेल जितेका थिए ।
त्यसअघि आफ्नो २ सयौं एक दिवसयि खेलमा कोहिले ३१ औं शतक पुरा गरेका थिए । भारतले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८० रन बनाएको थियो । कोहलीले १ सय २५ बलमा ९ चौका र २ छक्काको मद्दतमा १ सय २१ रन बनाएका थिए ।
विदेशी भूमिमा लाथम र टेलरले कीर्तिमानी दोहोरो शतकको साझेदारी गरेका थिए । यी दुईले १ सय ८७ बलमा २ सय रनको साझेदारी गरेका थिए । १८ ओभरमा ३ विकेट गुमाइसकेपछि लाथम र टेलरले इनिङ्स सम्हालेका थिए ।
मार्टिन गुप्टिल ३२, कप्तान काने विलियम्सन ६ र कोलिन मुन्रो २८ रन बनाएका आउट भएका थिए । टेलरले ९८ बलमा ८ चौका तथा अविजित लाथमले १ सय २ बलमा ८ चौका र २ छक्का प्हार गरेका थिए ।
२ सयौं खेललाई व्यक्तिगत रुपमा यादगार बनाएपनि कोहलीको टोली जित्न सकेन । ३१ औं शतक बनाएका कोहलीको सन् २०१७ को यो पाँचौं एक दिवसिय शतक हो । उनले एक दिवसिय क्रिकेटमा शतकमा रिकी पोन्टिङलाई पछि पारेका छन् ।
आफ्नो २ सयौं खेलमा शतक बनाउने यसअघि दक्षिण अफ्रिकाका एबि डि भिलियर्स थिए । भारतका लागि दिनेश कार्तिकले ३७ रन बनाउँदै चौथो विकेटका लागि कोहलीसँग ७३ रनको साझेदारी गरेका थिए ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]