7 years ago
October 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोली हङकङबाट आज स्वदेश फर्कदैछ । नेपाली क्रिकेट टोलीका व्यवस्थापक समेत रहेको टेक्निकल एनालिस्ट रमन शिवाकोटीका अनुसार टोली ड्रयागन एयरबाट राती १० बजे त्रिभुवन विमानस्थल ओर्लनेछ ।
हङकङसँग विश्व क्रिकेट लिग च्याम्पियनसिपका दुई खेलपछि नेपाल स्वदेश फर्कन लागेको हो । नेपाली टोली शुक्रबारको पहिलो खेलमा ८३ रनले पराजित भएको थियो । दोस्रो खेल सोमबार रद्द भएपछि दुवै टोली समान १ अंक पाएका थिए ।
त्यो खेल रद्द भएसँगै नेपाली टोली डिभिजन २ मा घटुवा भएको थियो । जसले विश्व कप छनोट खेल्ने नेपालको योजना असफल भएको थियो । अब फेरि नामिबियामा नेपालले डिभिजन २ मा प्रतिस्पर्धा गर्नेछ । त्यो प्रतियोगिताको शीर्ष २ मा पुग्ने टोलीले विश्व कप छनोट खेल्न पाउनेछ ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा दुई खेल बाँकी रहँदै नेपाल घटुवामा परेको हो । नेपालले अहिले सम्म खेलका १२ मध्ये ४ खेलमा मात्र जित हासिल गरेको थियो भने १ एउटा रद्द र बाँकी ७ खेल गुमाएको थियो । टोलीको खातामा ९ अंक छ ।
सन् २०१५ जुलाईबाट सुरु भएको नेपालको विश्व क्रिकेट लिग च्याम्पियनसिपको यात्राका सुरुआती चार खेल सम्म नेपालले एउटा खेल जित्न सकेको थिएन । कीर्तिपुरमा सन् २०१६ को अप्रिलमा नामिबियालाई दुवै खेलमा हराएपछि नेपालको अघि बढ्ने सम्भावना देखिएको थियो ।
तर, हङकङसँगको पछिल्लो खेलको नतिजासँगै शीर्ष ४ मा पर्ने सम्भावना टुंगिएको छ । कप्तान पारस खड्काले च्याम्पियनसिपको शीर्ष चारमा पर्न नसक्नुमा आफुसहित खेलाडीहरु दोषी रहेको उल्लेख गर्दै समर्थकसँग माफी पनि मागेका छन् । उनले डिभिजन २ बाट नेपाललाई विश्व कप छनोटमा पुर्याउने सक्दो प्रयास गर्ने पनि बताएका छन् ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]