7 years ago
October 17, 2017
दुबई (एजेन्सी)– एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा बाबर आजमले कीर्तिमान बनाएको खेलमा सोमबार पाकिस्तानले श्रीलंकालाई ३२ रनले हराएको छ । पहिलो खेल दिवसिय पनि जितेको पाकिस्तानले बाबरको शतकबाट प्रेरित खेलमा सफलता हात पारेसँगै ५ एक दिवसिय श्रृखंलामा २–० को अग्रता लिएको छ ।
दिवा रात्री खेलमा १ सय ३३ बल १ सय १ रन बनाएका बाबर एउटै देशविरुद्ध एक दिवसिय क्रिकेटमा लगातार पाँच शतक बनाउने पहिलो खेलाडी बनेका छन् । बाबरलाई सादब खानले अर्धशतक शकत बनाउँदै साथ दिएका थिए ।
सादबले अविजित ५२ रन बनाएपछि पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय १९ रनको सामान्य स्कोर खडा गरेको थियो । तर जवाफमा ४८ ओभरमा सबै विकेट गुमाएर १ सय ८७ रन मात्र बनाउ सक्यो ।
श्रीलंकाका लागि उपुल थारंगाले पनि उच्च प्रदर्शन गरे । थारंगाले अविजित १ सय १२ रन बनाएपनि टोलीका लागि उनको प्रदर्शन पर्याप्त रहेन । पहिले ब्याटिङ गरेको पाकिस्तानको सुरुआत भने राम्रो हुन सकेन ।
फाखर जामन ११, अहमद सेहजाद ८ र मोहम्मद हाफिज ८ छिट्टै आउट हुँदा पाकिस्तानले ३ विकेटको नोक्सानीमा ४० रन मात्र बनाउ सकेको थियो । सोहेब मलिक ११, सरफराज अहमले ५ र इमाद वसिमले १० रन बनाएका थिए ।
तर बाबर र सादबले सातौं विकेटका लागि १ सय ९ रनको साझेदारी गरेपछि पाकिस्तानले २ सय रन कटाएको थियो । सातौं विकेटका लागि त्यो पाकिस्तानको चौथो ठूलो साझेदारी हो ।
श्रीलंकाका लागि थारंगशासँग जाफरी भान्डेर्सेले ७६ रनको साझेदारी गरेका थिए । जाफरीले २२ रन बनाए । म्यान अफ दी म्याच पाकिस्तानका सादबले ३ विकेट लिएका थिए ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]