7 years ago
October 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा फेरि बर्षा सुरु भएपछि नेपाल र घरेलु टोलीबीच आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरणको दोस्रो खेल रद्द भएको छ । सामुद्रिक आँधी (टाईफुन ८) का कारण आइतबारका लागि तय खेल आजको लागि सारिएको थियो । तर, हिजो र आज पटक पटक वर्षाका कारण खेल रद्द भएको छ । दुवै टोलीले समान १ अंक पाएका छन् ।
शुक्रबार भएको पहिलो खेलमा नेपाल घरेलु टोलिसँग ८३ रनले पराजित भएको थियो । हारसँगै नेपालको विश्वकप छनोटमा पुग्ने सम्भावना कमजोर भएको छ । अर्को वर्ष हुने विश्व कप छनोटमा पुग्नका लागि हङकङसँगको खेल महत्वपूर्ण थियो । छनोटमा पुग्नका लागि अंक तालिकाको शीर्ष ४ मा पर्नुपर्ने हुन्छ ।
अब बाँकी तीन खेलमा नेपालले आफुले जितेर मात्र पुग्ने छैन अन्य खेलमा पनि आफु अनुकुलको नजिता निस्कनु पर्ने हुन्छ । च्याम्पियनसिपको अन्तिम तथा सातौं चरणमा नेपालले युएईसँग डिसेम्बरमा उसैको मैदानमा खेल्दैछ ।
च्याम्पियनसिपमा नेपाल छैटौं स्थानमा छ भने हङकङ नेपाल भन्दा दुई स्थान माथि चौथो स्थानमा उक्लेको छ । नेपालको १० खेलबाट ४ खेलमा जित र ७ खेलमा पराजित हुँदै ८ अंक छ । हङकङको १० खेलबाट १३ अंक छ । तालिकाको शीर्ष स्थानमा नेदरल्याण्ड र दोस्रो स्थानमा पपुवा न्युगिनी छन् । स्कटल्यान्ड तेस्रो र केन्या चौथो स्थानमा छ ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]