default_image

7 years ago

October 16, 2017

नेपाल र हङकङबीच खेल होला ?

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र हङकङबीच आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरणको खेल हुने नहुने अझै निश्चित छैन । हङकङमाआइतबार आएको सामुद्रिक आँधी (टाईफुन ८) का कारण हिजोका लागि तय खेल हुन सकेन । त्यहि खेल आजका लागि सारिएको थियो ।

टाइफुनपछि लगातार वर्षा हुँदा नेपाल र घरेलु टोलीबीचको खेल हुने नहुने अनिश्चित बनेको हो । नेपाल र हङकङबीच नेपाली समयअनुसार ६ः४५ मा सुरु हुनु पर्ने थियो । तर खेल हुने मैदान मङककमा पानी सुकि नसकेकोले हङकङ क्रिकेटले जनाएको छ । केहि समयअघि बर्षा रोकिएर बाट त्यहाँ घाम लागेको बताइएको छ ।

आज बिहान पनि बर्षा भएको थियो । मैदान निरिक्षण पछि अम्पायर खेल हुने नहुने निर्णय दिनेछन् । केहि समयअघि अम्पायरले मैदान निरिक्षण गरेको बताइएको छ । खेल भएपनि ओभर घटाएर हुने उल्लेख गरिएको छ । हङकङ र नेपालबीचको खेलको टस समेत भएको छैन । आज खेल नभएको खण्डमा दुबै टोलीले १–१ अंक पाउने छन् ।

शुक्रबार भएको पहिलो खेलमा नेपाल घरेलु टोलिसँग ८३ रनले पराजित भएको थियो । हारसँगै नेपालको विश्वकप छनोटमा पुग्ने सम्भावना कमजोर भएको छ । अर्को वर्ष हुने विश्व कप छनोटमा पुग्नका लागि हङकङसँगको खेल महत्वपूर्ण थियो । छनोटमा पुग्नका लागि अंक तालिकाको शीर्ष ४ मा पर्नुपर्ने हुन्छ ।

अब बाँकी तीन खेलमा नेपालले आफुले जितेर मात्र पुग्ने छैन अन्य खेलमा पनि आफु अनुकुलको नजिता निस्कनु पर्ने हुन्छ । च्याम्पियनसिपको अन्तिम तथा सातौं चरणमा नेपालले युएईसँग डिसेम्बरमा उसैको मैदानमा खेल्दैछ ।

च्याम्पियनसिपमा नेपाल छैटौं स्थानमा छ भने हङकङ नेपाल भन्दा दुई स्थान माथि चौथो स्थानमा उक्लेको छ । नेपालको १० खेलबाट ४ खेलमा जित र ७ खेलमा पराजित हुँदै ८ अंक छ । हङकङको १० खेलबाट १३ अंक छ । तालिकाको शीर्ष स्थानमा नेदरल्याण्ड र दोस्रो स्थानमा पपुवा न्युगिनी छन् । स्कटल्यान्ड तेस्रो र केन्या चौथो स्थानमा छ ।

March 18, 2025

इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको जित

काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]

March 18, 2025

कर्णालीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

Success

Thank you for your time.