7 years ago
October 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग –इपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सहभागी हुन १ सय ६० खेलाडीले नाम दर्ता गराएका छन् । झन्डै दुई महिनापछि राजधानीमा हुने प्रतियोगिताका लागि ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा १ सय ६० खेलाडीले नाम दर्ता गराएको एपिएलले जनाएको छ ।
यसका लागि इपिएलले असोज ९ देखि २३ गते सम्म आवेदन खुला गरेको थियो । इपिएलले दर्ता गराएका खेलाडीमध्ये ७० जनालाई मात्र अक्सनमा समावेश गर्ने बताएको छ । अक्सन कात्तिक ६ गते हुनेछ । मार्की (चर्चित) सहित प्रत्येक टोलीमा १५ खेलाडी हुनेछन् ।
१० खेलाडी अक्सनबाट छनोट गरिनेछ भने तीन जना विदेशी खेलाडी रहनेछन् । इपिएलमा ६० खेलाडी अक्सनमार्फत छनोट हुनेछन् । १८ विदेशी खेलाडीलाई प्रतियोगिताका लागि नेपाल बोलाइनेछ । एक स्थानीय खेलाडी ट्यालेन्ट हन्टमार्फत छनोट गरिनेछ ।
इपिएलमा विभिन्न ६ सहरले सहभागिता जनाउदैछन् । इपिएल खेल्ने टोलीमा काठमाडौं किंग्स इलावेन, ललितपुर पाट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज र चितवन टाइगर्स छन् ।
काठमाडौंमा सोमपाल कामी, ललितपुरमा ज्ञानेन्द्र मल्ल, विराटनगरमा पारस खड्का, भैरहवामा शरद भेषावकर, पोखरामा शक्ति गौचन र चितवनमा दीपेन्द्रसिंह ऐरी ‘मार्की’ खेलाडीका रुपमा रहेका छन् । प्रतियोगिताको विजेता टोलीले उपाधिसहित २१ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]