7 years ago
October 15, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र हङकङबीच विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेल प्रभावित भएको छ । हङकङमा टाइफोन ८ (समुन्द्री हावा) आउने सम्भावना रहेकोले आजका लागि तय भएको नेपाल र घरेलु टोलीबीचको खेल सोमबारका लागि सारिएको हङकङ क्रिकेटको फेसबुक पेजमा उल्लेख गरिएको छ ।
हङकङसँगको पहिलो खेल ८३ रनले गुमाएको नेपालको विश्व कप छनोटको यात्रा कठिन बनेको छ। विश्व कप छनोट पुग्ने गणीतिय सम्भावना बाँकी रहेपनि विश्व क्रिकेट लिग च्याम्पियनसिपक बाँकी ३ खेल जितेर मात्र पुग्ने छैन, अन्य खेलमा पनि आफु अनुकुलको नजिता आउनुपर्नेछ ।
January 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – दुई स्पिनर सागर ढकाल र ललितनारायण राजवंशी चम्केपछि नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। विभागीय फाइनल डर्बीमा बिहीवार त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै पुलिसले उपाधि जितेको हो। वीरगंजमा तेस्रो तथा अन्तिम दिन १ सय ३ रनको मध्यम लक्ष्य पछ्याएको आर्मी दोस्रो इनिङमा २९.२ ओभरमा ७४ रन […]
January 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको तेस्रो दिन आजका दुवै खेल रद्द भएका छन् । धनगढी क्रिकेट मैदानमा हुनु पर्ने समूह ‘ए’ मा कर्णाली प्रदेश र गण्डकी प्रदेशबीचको पहिलो तथा नेपाल एपिएफ क्लब र लुम्बिनी प्रदेशबीचको खेलमा टस नभई रद्द भएको छ । खेल रद्द भएसँगै सबै टिमले […]
January 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कपको उपाधि जित्नका लागि विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबबाट मध्यम रनको लक्ष्य पाएको छ । वीरगंजमा जारी फाइनलको तेस्रो तथा अन्तिम दिन बिहीवार आर्मीले जितका १ सय ३ रनको मध्यम लक्ष्य पाएको हो । दोस्रो इनिङमा पुलिसले १ सय ३९ रनमा अलआउट भएको छ। ९ […]