default_image

7 years ago

October 13, 2017

ब्याटिंग नचल्दा नेपाल हङकङसँग पराजित

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको छ । नेपालको ब्याट्सम्यानहरु चल्न नसक्दा १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले १ सय ११ रन बनाउदै अल आउट भयो । नेपालको विश्व कप छनोट चरण खेल्ने सम्भावना कठिन बनेको छ । 

ओपनर सागर पुन व्यक्तिगत ३ रन बनाउदै आउट भएपछि तेस्रो नम्बरमा आएका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लवीचको साझेदारीले नेपाललाई राम्रो सुरुआत दिलाएपनि ज्ञानेन्द्रको विकेट पछि नेपाली ब्याटिंगको पतन सुरु भयो । ज्ञानेन्द्र २१ रन बनाउँदै आउट भए भने दीपेन्द्र सिंह ऐरी ३ रनमा पवेलियन फर्किए ।

कप्तान पारस खड्का व्यक्तिगत २६ रनमा बोल्ड भने भने आरिफ २३ रनमा सिमित भए । विकेट किपर ब्याट्सम्यान विनोद भण्डारी १८ रनमा आउट भए भने सोमपलले ११ रन बनाए । वसन्त रेग्मी , करण केसी र सन्दिप लामिछानेले खाता खोल्न सकेनन ।

हङकङका दाँया हाते अफ ब्रेक बलर इशान खानले ५ विकेट लिए भने अजिज खानले ३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिल ब्याटिंग गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो ।  ओपनर जेमी एटकिन्सनले हङकङका लागि सर्वाधिक ७६ रन बनाएका थिए । नेपालका लागि सन्दिप लामिछानेले ३ तथा करण केसी र वसन्त रेग्मीले समान २ विकेट लिए भने सुसन भारीले १ विकेट लिए ।

छैठौ स्थानमा रहेको नेपालको ११ खेलमा ८ अंक छ भने हङकङ ११ खेलमा १३ अंक सहित चौथो स्थानमा उक्लेको छ । नेपालले आइतबार दोस्रो पटक हङकङको सामना गर्नेछ

March 18, 2025

इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको जित

काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]

March 18, 2025

कर्णालीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

Success

Thank you for your time.