default_image

7 years ago

October 13, 2017

आशिष नेहेराले न्युजिल्याण्डसँगको खेलपछि  सन्यास लिने

91 views

0 Bookmark

दिल्ली (एजेन्सी) – भारतीय भेट्रान क्रिकेटर आशिष नेहेराले नोभेम्वरमा न्युजिल्याण्डसँगको पहिलो टी२० खेलपछि सबै खाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका छन्

Nehra

चोटसँग लामो समय जुधका ३८ वर्षीय बायाँ हाते फास्ट बलर नेहेराले न्युजिल्याण्डसँगको पहिलो टि२० प्रतियोगितासँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका हुन् भारतले नोभेम्वरमा न्युजिल्यान्डसँग तीन एकदिवसीय खेलको टिट्वान्टी सिरिज खेल्नेछन् पछिल्लो समय भारतीय टोलीबाट बाहिर रहँदै आएका नेहेराको सन्यासबारे भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले समेत पुष्टि गरेको नेहेराले नोभेम्बरपछि सन्यास लिने बताएका छन् उनले प्रशिक्षक रभी शास्त्री कप्तान विराट कोहलीलाई सन्यासबारे जानकारी गराइसकेका बिसीसीआईका पदाधिकारीको भनाईलाई उद्दृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेका छन्

सन् १९९० बाट क्रिकेट खेल्न शुरु गरेका नेहेराा पछिल्लो समय चोटबाट गुज्रिरहेका रहेका थिए सन् १९९९ मा कोलोम्बोमा श्रीलंकाविरुद्ध खेल्दै भारतीय टोलीमा डेब्यु गरेका नेहेराले पछिल्लो पटक सन् २०१६ मा भारतीय टिममा पुनरागमन गरेका थिए ३८ बर्षिय नेहेराले भारतबाट १७ टेष्ट, १२० एकदिवसीय २६ टि ट्वान्टी क्रिकेट खेलेका छन् नेहेरा भारतले सन् २०११ मा विश्वकप जित्दाको सदस्य तथा सन् २०१६ को टि२० विश्वकपमा सेमिफाइनलमा पुग्दाका महत्वपूर्ण सदस्य समेत हुन्

नेहेराले घरेलु क्रिकेटको रुपमा आइपिएलको पुने वारियर्स, दिल्ली डेयरडेबिल्स्, चेन्नई सुपरकिङ्स सनराइजर्स हैदरावादबाट खेलिसकेका थिए यो संस्करणमा भने नेहेराले कुनै आइपिएल टिमबाट खेलेनन्

March 18, 2025

इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको जित

काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]

March 18, 2025

कर्णालीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

Success

Thank you for your time.