7 years ago
October 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) बंगलादेश प्रस्थान गरेको छ । बंगलादेश इन्ष्टिच्युट अफ स्पोर्टस (बिकेएसपी) को आयोजनामा बंगलादेशको ढाकामा आजबाट शुरु भएको बिकेएसपी कप क्रिकेट प्रतियोगिताको लागि १६ सदस्यीय जिएचसिए टोली बुधबार ढाका प्रस्थान गरेको हो ।
टोलीलाई मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष तथा सांसद विनोद श्रेष्ठ, सिजी फुड्सका लालबाबु प्रसादलगायतले बिदाई गरे ।
एकदिवसीय क्रिकेट प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।
जिएचसिएको यो तेस्रो बंगलादेश भ्रमण हो । यस्तै जिएचसिएले भारत र युएईको भ्रमण पनि गरिसकेका छन् ।
जिएचसिए टिम
१. हिमांशु दत्त (कप्तान)
२. अनुभव कार्की
३. सौगात दंगाल
४. मनिष कुमार सिंह
५. परिकक्षित ढकाल
६. सोहम अर्याल
७. अभिषेक बस्नेत
८. अर्पण कुँवर
९. अभ्यास तिम्सिना
१०. सार्थक कान्त सेढाईं
११. आभुषण राज शाही
१२. विज्ञान गौतम
१३. दिपेश पौडेल
१४. सुदिप शर्मा (प्रशिक्षक)
१५. सुमन राज कार्की (म्यानेजर)
१६. नरेश केसी (सहायक म्यानेजर)
November 16, 2024
धनगढी (हाम्रो खेलकुद)- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आइतवार ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ । धनगढी क्रिकेट एकेडेमीको मैदानमा बिहान ९ बजेदेखि ट्यालेन्ट हन्ट सुरू हुने सुदूरपश्चिम रोयल्सले जनाएको छ । छनोटका लागि सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटा लगायत प्राविधिक टोली शनिबार नै धनगढी आइसकेको छ। […]
November 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – क्रिस कार्कीले काठमाडौं गुर्खाजबाट मंसिर १५ गते देखि सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्ने भएका छन् । पूर्व क्रिकेटर शशी केशरीले स्थापना गरेको वान डे क्रिकेट एकेडेमी काँडाघारीमा शनिवार भएको अन्तिम छनोटबाट ‘लोकल आइकोनिक प्लेयर’ को रुपमा क्रिसले काठमाडौं गुर्खाजमा स्थान पक्का गरेका हुन् । काठमाडौं गुर्खाजले […]
November 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले ट्यालेन्ट हन्टबाट दोस्रो चरणमा ३५ छनोट गरेको छ। राइनोजले चितवन मेडिकल कलेज (सिएमसी), कैलाशनगर भरतपुरमा आयोजना गरेको ट्यालेन्ट हन्टमा ४ सय ६० खेलाडी दर्ता भएको चितवनले जनाएको छ । तीमध्ये ३५ जनाको नाम ट्यालेन्ट हन्टमा छनोट गरिएको हो । अन्तिम छनोट आइतवार गौतम […]