default_image

7 years ago

October 10, 2017

अस्ट्रेलियाको जितसँगै शृंखला बराबरी

97 views

0 Bookmark

गुवाहाटी (एजेन्सी) – भारतविरुद्ध दोस्रो टी-२० खेलमा ८ विकेटको जित निकाल्दै अस्ट्रेलियाले तीन खेलको शृंखला बराबरी गरेको छ । अस्ट्रेलियाको जितमा मोइसेस हेनरीक्वेजले अर्धशतक प्रहार गरे भने जेसन बेरेनड्रोफले ४ विकेट लिए ।

Jason

टस जितेर फिल्डिंग रोजेको अस्ट्रेलियाले भारतलाई १ सय १८ रनमा अल आउट गरेको थियो । भारतका शीर्ष क्रमका ब्याट्सम्यान सस्तैमा आउट भएपछि कुलदिप यादभको २७ हार्दिक पान्डेयाको २५ रनको मद्धतले भारतले १ सय १८ रन बनाएको थियो । बेरेनड्रोफले ४ विकेट लिए भने एडम जाम्पाले २ तथा मार्कस स्टोइनिस,एन्ड्रेउ टाइ र नेथन कल्टर नाइलले समान १ विकेट लिए ।

जवाफमा अस्ट्रेलियाले २ विकेट गुमाएर १५.३ ओभरमा लक्ष्य पुरा गर्यो । १३ रनमा दुवै ओपनर गुमाएको अस्ट्रेलियाकालागि हेनरीक्वेज(६२) र ट्राभिस हेड(४८) वीच १ सय ९ रनको साझेदारी रह्यो ।  भारतका भावानेश्वोर कुमार र जस्प्रित बुम्राहले समान १ विकेट लिए ।

शृंखलाको तेस्रो तथा अन्तिम खेल शुक्रबार हैदराबादमा हुनेछ ।

March 19, 2025

सुदूरपश्चिमले लुम्बिनीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशविरुद्ध जित हासिल गरेको छ । बुधवार भएको खेलमा सुदूरपश्चिमले ५ विकेटको जित हासिल गर्यो । लुम्बिनीले दिएको १ सय १७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा किरण कुमार ठगुन्नाले नट आउट रहँदै सर्वाधिक ४३ […]

March 19, 2025

सुदूरपश्चिमविरुद्ध लुम्बिनी सस्तैमा समेटियो

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध कम रनमै अल आउट भएको छ । भैरहवामा जारी खेलमा लुम्बिनी प्रदेश १ सय १६ रनमै अलआउट भएको हो । एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४४.१ ओभरमा १ सय १६ रनमा समेटिएको हो । लुम्बिनीका लागि […]

March 19, 2025

भीम शतकबाट चुक्दा मधेशलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – भीम सार्कीको शतकबाट चुक्दा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । दाङमा जारी खेलमा आर्मीले मधेशलाई २ सय १८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर […]

Success

Thank you for your time.