7 years ago
October 9, 2017
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्टिटिमका कप्तान पारस खड्काले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको सबै ६ टिमलाई विश्वकपमा स्थान बनाउन उत्तिकै दबाव रहेको बताएका छन् ।
हङकङ प्रस्थान गर्नुअघि कप्तान खड्काले अंक तालिका अझै खुल्ला रहकाले सबै टिमलाई विश्वकपमा स्थान बनाउन सबै टिमलाई उत्तिकै दबाव रहेको बताएका हुन् । ‘नेपाललाई प्रेसर रहेको छैन भन्दिन । सबै टिमलाई उत्तिकै दबाव छ । हामीलाई जति जित आवश्यक छ, त्यति नै हङकङलाई पनि जित आवश्यक छ ।’ कप्तान खड्काले भने, ‘हङकङविरुद्धको खेलको लागि हामीले राम्रो तयारी र मेहनत गरेका छौं । तयारीबाट खुशी छौं । आशा छ नतिजा हाम्रै पक्षमा आउनेछ ।’
यस्तै कप्तान खड्काले घरेलु टोली हङकङको घरेलु मैदानमा नतिजा राम्रो नरहेकाले विश्व क्रिकेट लिगमा टिमले त्यति नराम्रो नखेलेको बताए । उनले पराजित भएका खेलहरुमा झिनो अन्तरमा हार बेहोरेकाले नतिजा आफ्नै पक्षमा आउने बताए ।
November 16, 2024
धनगढी (हाम्रो खेलकुद)- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आइतवार ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ । धनगढी क्रिकेट एकेडेमीको मैदानमा बिहान ९ बजेदेखि ट्यालेन्ट हन्ट सुरू हुने सुदूरपश्चिम रोयल्सले जनाएको छ । छनोटका लागि सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटा लगायत प्राविधिक टोली शनिबार नै धनगढी आइसकेको छ। […]
November 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – क्रिस कार्कीले काठमाडौं गुर्खाजबाट मंसिर १५ गते देखि सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्ने भएका छन् । पूर्व क्रिकेटर शशी केशरीले स्थापना गरेको वान डे क्रिकेट एकेडेमी काँडाघारीमा शनिवार भएको अन्तिम छनोटबाट ‘लोकल आइकोनिक प्लेयर’ को रुपमा क्रिसले काठमाडौं गुर्खाजमा स्थान पक्का गरेका हुन् । काठमाडौं गुर्खाजले […]
November 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले ट्यालेन्ट हन्टबाट दोस्रो चरणमा ३५ छनोट गरेको छ। राइनोजले चितवन मेडिकल कलेज (सिएमसी), कैलाशनगर भरतपुरमा आयोजना गरेको ट्यालेन्ट हन्टमा ४ सय ६० खेलाडी दर्ता भएको चितवनले जनाएको छ । तीमध्ये ३५ जनाको नाम ट्यालेन्ट हन्टमा छनोट गरिएको हो । अन्तिम छनोट आइतवार गौतम […]