7 years ago
October 9, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा केन्याले नेदरल्याण्ड्सलाई २ विकेटले पराजित गर्दै चौथो स्थानमा उक्लेको छ । नेदरल्याण्ड्सले दिएको २ सय २५ रनको लक्ष्य केन्याले ३ बल बाँकी रहँदा ८ विकेट गुमाएर पुरा गरेको हो । जितसँगै केन्या १२ अंक सहित चौथो स्थानमा उक्लेको छ । शिर्ष स्थानमा रहेको नेदरल्याण्ड्सको भने प्रतियोगितामा यो दोस्रो हार हो । यसघि नेदरल्याण्ड्स नेपालसँग पराजित भएको थियो ।
आइतबार केन्याको राजधानी नाइरोबीमा भएको खेलमा टस हार्दै पहिले ब्याटिङ गरेको डच टोलीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २४ रन बनाएको थियो । डब्लू बारेसीले ६९ रन बनाए भने एसजे माइबर्ग ५० रन बनाउँदै आउट भएका थिए । त्यस्तै रिपोनले ५१ रन जोडेका थिए । केन्याका शेम गोचेले उत्कृष्ट बलिङ्ग गर्दै ४ विकेट हात पारे ।
जवाफमा डीएम गोन्दरियाको ६३ रन र सीओ ओबुयाले ५६ रनको पारीको मद्धतले केन्याले २ विकेटको जित हात पार्यो । केन्या १२ खेलबाट १२ अंकसहित चौथो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको नेदरल्याण्ड्सको १८, दोस्रो स्थानका पवुवा न्यूगिनीको १६ र तेस्रो स्थानको स्कटल्याण्डको १५ अंक छ ।
१० खेल खेलेका हंगकंग र नेपालको क्रमशः ११ र ८ अंक छ ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]