7 years ago
October 8, 2017
काठमाडौं (हाम्रो खेलकुद ) – दोस्रो संस्करणको डिपिएल–२ लाई विजय डिष्टिलरीको रुस्लान क्रिकेटले मुख्य प्रायोजन गरेको छ । डिपिएल र रुस्लान क्रिकेटबीच आइतबार एक वर्षका लागि सम्झौता भएको हो ।
सम्झौतामा डिपिएलका तर्फबाट अध्यक्ष सुवास बहादुर शाही र विजयी डिष्टिलरीको रुस्लान क्रिकेटबाट निर्देशक श्रीहर शम्शेर जंग बहादुर राणाले हस्ताक्षर गरे । सम्झौता अनुसार रुस्लान क्रिकेटले डिपिएललाई ३५ लाख नगद उपलब्ध गराउनेछ भने त्यति नै मात्रामा काइन्टमा गरी ७० लाख खर्च गर्नेछ ।
सम्झौतामा हस्ताक्षर भएपछि विजयी डिष्टिलरीका तर्फबाट मार्केटिङ हेड सुशिल श्रेष्ठले अघिल्लो वर्षबाट नै डिपिएलसँग जोडिएको र अहिले मुख्य प्रायोजकको रुपमा जोडिन पाउदा खुशी लागेको बताए । ‘डिपिएल आयोजकको लगावलाई हामीले देखेका छौं । हामी डिपिएलसँग अघिल्लो वर्षबाटै सह–प्रयोजकको रुपमा जोडिएका थियौं ।’ सुनिलले भने, ‘सधै राजधानी केन्द्रित प्रतियोगिताहरु भैरहेको अवस्थामा भ्याली बाहिर जाने सोच बनाएर नै हामीले डिपिएलसँग हातेमालो गरेका हौं । डिपिएलसँग जोडिदै भ्याली बाहिर हाम्रो उत्पादन कन्ट्रिब्युट गर्नु हाम्रो लागि खुशीको कुरा हो ।’ यस्तै डिपिएलका अध्यक्ष सुवास बहादुर शाहीले सामुहिक मिहेनतमा प्रायोजकहरु पाइरहेकोमा खुशी व्यक्त गर्दै यो सबै कर्मको फल रहेको बताएका छन् ।
यस्तै सिप्यानका महासचिव तथा राष्ट्रिय टिमका कप्तान पारस खड्काले मुख्य प्रायोजन गरेको रुस्लानलाई धन्यवाद व्यक्त गर्दै त्यति बेलाको सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता अहिले पनि सर्वाधिक ठुलो र सफल हुने बताए ।
उनले विना संघ विना संस्था पनि घरेलु क्रिकेट क्रमशः फस्टाउदै गइरहेको बताउदै सम्बन्धित निकायले यसलाई पाठको रुपमा सिक्न आग्रह गरे ।
यो प्रतियोगिताले यसपटक पनि उचाई लिने र यो प्रतियोगिताको लागि खेलाडीहरु उत्साहित रहेको कप्तान पारस खड्काले बताए ।
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध कम रनमै अल आउट भएको छ । भैरहवामा जारी खेलमा लुम्बिनी प्रदेश १ सय १६ रनमै अलआउट भएको हो । एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४४.१ ओभरमा १ सय १६ रनमा समेटिएको हो । लुम्बिनीका लागि […]
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – भीम सार्कीको शतकबाट चुक्दा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । दाङमा जारी खेलमा आर्मीले मधेशलाई २ सय १८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर […]
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर ललितनारायण राजवंशीको ५ विकेट तथा कप्तान दीपेन्द्रसिंह ऐरीको विष्फोटक अर्धशतकको सहयोगमा प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार छैठौं जित हात पारेको छ । साविक विजेता पुलिसले बुधवार गण्डकी प्रदेशलाई ७ विकेटले हरायो । ९३ रनको लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । […]