7 years ago
September 28, 2017
बेंगलुरु (एजेन्सी)– भारतसँगको पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंला गुमाइसकेको अस्ट्रेलियाले चौथो खेलमा आज २१ रनको जित हासिल गरेको छ । अघिल्ला तीन खेल भारतले जितेको थियो । अब श्रृखंलामा भारत ३–१ ले अगाडि रहेको छ ।
३ सय ३५ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय १३ रन मात्र बनाउन सक्यो । भारतका लागि तीन खेलाडीले अर्धशतक पुरा गरेपनि टोलीले जितका लागि आवश्यक रन जोड्न सकेन । ओपनरद्वय अजिन्के रहाने र रोशित शर्मा तथा कुमार जादवले अर्धशतक पुरा गरेका थिए ।
हार्दिक पाण्डेयले ४१ रन जोडे । मनीष पाण्डे ३३ , कप्तान विराट कोहलीले २१ र पूर्व कप्तान महेन्द्र सिंह धोनीले १३ रन बटुलेका थिए । ६६ बल खेलेका रहानेले ६ चौका र १ छक्का प्रहार गरे । शर्माले ५५ बलमा १ चौका र ५ चौकासहित ६५ रन जोडे । ६९ बलको सामना गर्दै ७ चौका र १ छक्कासहित जादवले टोलीका लागि सर्वाधिक ६७ रन बटुले । अस्ट्रेलियाका काने रिचर्डसनले ३, नाथन काटेल निलले २, पाट कुमिन्स र एडम जाम्पाले समान १ विकेट लिएका थिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियालाई ओपनरद्व आरोन फिन्च र डेभिड वार्नरले दमदार सुरुआत दिलाएका थिए । पहिलो विकेटका लागि २ सय ३१ रनको साझेदारी गरेको अस्ट्रेलियाले ५ विकेटको क्षतिमा ३ सय ३४ रन बनाएको थियो ।
आफ्नो सयौं एक दिवसिय क्रिकेटमा वार्नरले शतक बनाए भने फिन्च शतकबाट ६ रनले चुकेका थिए । वार्नरले १ सय २४ रन बनाए । १ सय १९ बल खेलेका उनले १२ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै ९६ बल खेलेका फिन्चले १० चौका र ३ छक्कासहित ९४ रन जोडेका थिए । सयौं खेलमा शतक बनाउने वार्नर आठौं खेलाडी हुन् ।
पिटर ह्यान्ड्कोम्बले ४३, ट्रेभिस हेडले २९, मार्केुस स्टोइनिसले १५ रन जोडे भने कप्तान स्टिभ स्मिथले ३ रन मात्र बनाए । भारतका लागि उमेश यादवले ४ र केदार जादवले १ विकेट लिए ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]