7 years ago
September 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तिम अभ्यास खेल हार्दै भारत यात्राको अन्त्य गरेको छ । अघिल्ला तीनवटा अभ्यास खेल जितेको नेपाली टोलीले आज भ्रणमको चौथो तथा अन्तिम खेलमा सेन्टर फर स्पोर्टस (सिएसए) सँग ५ रनले पराजित भएको छ ।
यसै महिनाको अन्त्यमा आइसिी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्धको दुई खेलको अन्तिम तयारीका लागि नेपाली टोली भारत यात्रामा निस्केको थियो ।
२ सय १६ रनको लक्ष्य पछ्याएको नेपालले ४०. ३ ओभरमा सबै विकेट गुमाउँदै २ सय १० रन मात्र जोड्न सक्यो । मध्यम लक्ष्य पछ्याएको नेपालका लागि ओपनर सागर पुन र कप्तान पारस खड्काले राम्रो सुरुआत दिलाएका थिए । उनी पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए ।
त्यो क्रममा सागरले अर्धशतक पुरा गरे भने पारस अर्धशतक बनाउनबाट १ रनले चुके । ४० बल खेलेका पारसले ८ चौका र १ छक्काको मद्दतमा ४९ रन जोडे । सागरले ८४ बल खेल्दै ७ चौका र २ छक्कासहित टोलीका लागि सर्वाधिक ६९ रन बनाए ।
यू १९ का कप्तान समेत रहेका दीपेन्द्र सिंह ऐरीले ४५ रन बटुले । ५४ बलमा दीपेन्द्रले ५ चौकासहित ४५ रन बनाए ।तल्लो क्रमका व्याट्सम्यान नचलेपछि नेपाल अन्तिम खेलमा पराजित भएको छ । विनोद भण्डारीले १५, आसिफ शेखले ७ र सोमपाल कामीले ५, करण केसीले ३ रन जोडे ।
त्यसअघि निर्धारित ५० ओभरको खेलमा अन्तिम बलमा अलआउट भएको सिएसएसले २ सय १५ रन बनाएको थियो । मा अल आउट गरेको छ । नेपालका लागि सुशन भारीले सर्वाधिक ३ विकेट लिए । उनले ९ ओभर बलिङ गर्दै २६ रनमात्र खर्चेका थिए । सन्दिप लामिछाने र करण केसीले समान २ तथा सोमपाल र सागरले १/१ विकेट लिए ।
मध्यक्रमका ब्याट्सम्यान विल्किन्स भिक्टरले ७४ रन बनाएपछि सिसिएसले मध्यम स्कोर खडा गरेको थियो । भिक्टरले ९ चौका र १ छक्का प्रहार गरे । त्यस्तै ओपनर अनन्थले ४५ , तुशारले २६ र गणेशले २० रन बनाए । नेपाली टोली बुधबार स्वदेश फर्कनेछ । नेपाल र हङकङबीच असोज २७ र २९ गते विश्व क्रिकेट लिग च्याम्पियनसिपका दुई खेल हङकङमा हुनेछ ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]