default_image

7 years ago

September 25, 2017

अभ्यास खेलमा नेपाललाई २ सय १६ को लक्ष्य

94 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चेन्नई भ्रमणमा रहेको नेपाली टोलीले चौथो अभ्यास खेलमा सेन्टर फर स्पोर्ट्स साइन्स (सिसिएस) लाई २ सय १५ रनमा अल आउट गरेको छ । निर्धारित ५० ओभरको अन्तिम बलमा सिसिएसलाई नेपालले २ सय १५ मा अलआउट गरेको हो । 

Nepal

नेपालका लागि सुशन भारीले सर्वाधिक ३ विकेट लिए । उनले ९ ओभर बलिङ्ग गर्दै २६ रनमात्र खर्चेका थिए । त्यस्तै सन्दिप लामिछाने तथा करण केसीले २ विकेट लिए भने सोमपाल र सागर पुनको नाममा समान १ विकेट रह्यो ।

मध्यक्रमका ब्याट्सम्यान विल्किन्स भिक्टरले ७४ रन बनाएपछि सिसिएसले सम्मानजनक स्कोर खडा गरेको थियो । भिक्टरले ९ चौका र १ छक्का प्रहार गरे । त्यस्तै ओपनर अनन्थले ४५ रन बनाए भने तुशरले २६ तथा गणेशले २० रन बनाए ।

March 19, 2025

सुदूरपश्चिमले लुम्बिनीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशविरुद्ध जित हासिल गरेको छ । बुधवार भएको खेलमा सुदूरपश्चिमले ५ विकेटको जित हासिल गर्यो । लुम्बिनीले दिएको १ सय १७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा किरण कुमार ठगुन्नाले नट आउट रहँदै सर्वाधिक ४३ […]

March 19, 2025

सुदूरपश्चिमविरुद्ध लुम्बिनी सस्तैमा समेटियो

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध कम रनमै अल आउट भएको छ । भैरहवामा जारी खेलमा लुम्बिनी प्रदेश १ सय १६ रनमै अलआउट भएको हो । एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४४.१ ओभरमा १ सय १६ रनमा समेटिएको हो । लुम्बिनीका लागि […]

March 19, 2025

भीम शतकबाट चुक्दा मधेशलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – भीम सार्कीको शतकबाट चुक्दा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । दाङमा जारी खेलमा आर्मीले मधेशलाई २ सय १८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर […]

Success

Thank you for your time.