7 years ago
September 24, 2017
इन्दोर (एजेन्सी)– भारतले लगातार तेस्रो खेलमा पनि अस्ट्रेलियालाई हराएको छ । आज ५ विकेटलेको जित हासिल गरेको भारतले पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा ३–० को अग्रता लिएको छ ।
२ सय ९४ रनको लक्ष्य पछ्याएको भारतका लागि रोहित शर्मा र अजिन्के रहानेले राम्रो सुरुआत दिलाएपछि ५ विकेटको क्षतिमा निर्धारित ५० ओभरमा सकिनु १३ बलअघि नै टोलीले जित हासिल गरेको थियो ।
यो सँगै भारतीय कप्तान विराट कोहलीले लगातार ९ खेल जित्ने पूर्व कप्तान महेन्द्र सिंह धोनीको कीर्तिमानलाई बराबरी गरेका छन् । धोनीको कप्तानीमा सन् २००८ फेब्रुअरी देखि २००९ को जनवरी सम्म लगातार नौं खेल जिताएका थिए । कोहलीले भने यहि वर्षको जुलाईयता टोलीलाई यो सफलता दिलाएका हुन् ।
त्यसअघि स्टिभ स्थिमले टस जितेर पहिले ब्याटिङको निर्णय गरेका थिए । ओपनर आरोन फिन्चको शतक र कप्तान स्थिमको अर्थशतकको मद्दतमा अस्ट्रेलियाले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाएर २ सय ९३ रन बनाएको थियो ।
फिन्चले १ सय २५ बलमा १२ चौका र ५ छक्काको मद्दतमा १ सय २४ रन बनाएका थिए । स्थिमले ७१ बलमा ५ चौकासहित ६३ रन बनाए । डेभिड वार्नले ४२ र मार्कुस स्टोनिसले २७ रन बनाएका थिए । भारतका लागि जस्प्रित बुम्राह, कलुदीप यादवले समान २ तथा हार्दिक पाण्डेय र युजवेन्द्र चाहालले समान १ विकेट लिए ।
जवाफमा भारतले तीन खेलाडीको अर्धशतकको मद्दतमा १३ बलअघि ५ विकेटको क्षतिमा आवश्यक रन जोडेका थिए । रहानेले ७० र शर्माले ७१ रन भने पाण्डेयले सर्वाधिक ७८ रन जोडे । रहानेले ७६ बलमा ९ चौका, शर्माले ६२ बलमा ६ चौका र ४ चौका प्रहार गरे ।
त्यस्तै पाण्डेयले ७१ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । कप्तान कोहलीले २८ रन बनाए । मनीष पाण्डे ३६ र धोनी ३ रनमा अविजित रहँदा भारतले जित हासिल गरेको थियो । पाट कुमिन्सले अस्ट्रेलियाका लागि २ विकेट लिएका थिए ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]