7 years ago
September 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अभ्यास खेलमा लगातार तेस्रो सफलता प्राप्त गरेको छ ।चेन्नईमा आज भएको खेलमा नेपाली टोलीले आज तामिलनाडु ए लाई १ सय ४७ रनको फराकिलो अन्तरले हराएको थियो । शरद भेषावकरको शतक बनाएको खेलमा नेपाली टोलीले ३ सय ११ रन बनाएको थियो । जवाफमा तामिलनाडुलाई नेपालले ४५.३ ओभरमा अलआउट गर्दै १ सय ६४ रनमा सिमित गरेको थियो ।
३ सय १२ रनको ठूलो लक्ष्य पछ्याएको तामिलनाडुलाई सस्तैमा आउट गर्ने क्रममा सन्दिप लामिछाने र सुशील कंडेलले समान ३ विकेट लिए । करण केसी , सागर पुन र ललित भण्डारीले समान १ विकेट लिए । तामिलनाडुका सत्यनारायणले ६७ रन बनाए । अन्य ब्याट्सम्यान खासै चल्न सकेनन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ११ रन बनाएको थियो । शरदले १ सय रन बनाउँदै आउट भए । सागरले ७७ रन बनाए । शरद र सागर पुनले दोस्रो विकेटका लागि १ सय ४७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
अघिल्लो खेलमा शतक बनाएका ज्ञानेन्द्र मल्लले ३१ रन जोेडे । ३७ बल खेलेका दीपेन्द्र सिंह ऐरीले बिष्फोटक ब्याटिङ गर्दै ८ चौका र ४ छक्काको मद्दतले ७३ रन बनाए । खराब ब्याटिङलाई निरन्तरता दिएका विकेट किपर ब्याट्सम्यान विनोद भण्डारीले ७ रन जोडे । इनिङ्सको अन्तिम बलमा छक्का प्रहार गरेका सोमपाल १० रनमा नट आउट रहे ।
यसै महिनाको अन्तिममा विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँग हुने दुई खेलको अन्तिम तयारीका लागि नेपाली टोली भारत भ्रमणमा रहेको छ । नेपालले चौथो तथा अन्तिम अभ्यास खेल सोमबार खेल्नेछ । नेपाल र हङकङबीच असोज २७ र २९ गते हङकङमा प्रतिस्पर्धा हुनेछ ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]