default_image

7 years ago

September 23, 2017

तेस्रो खेलमा शरदको शतक

123 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – आगामी अक्टोबर हङकङसँगको विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीका लागि तेस्रो अभ्यास खेलमा शरद भेषावकरको शतक प्रहार गरेका छन् । 

sarad

चेन्नाईमा अभ्यासरत नेपाली टोलीले तेस्रो अभ्यास खेलमा तामिलनाडु ए विरुद्ध ३ सय १२ रनको उच्च चुनौती प्रस्तुत गरेको छ । नेपालका लागि पहिलो विकेटमा आएका शरदले सर्वाधिक १ सय रन बनाउँदै आउट भएका थिए । त्यस्तै ७७ रन बनाएका ओपनर सागर पुनले शरदसँग राम्रो पार्टनरसिप गरेका थिए । अघिल्लो खलेमा शतक बनाएका अर्का ओपनर ज्ञानेन्द्र मल्लले ३१ रन बनाए ।

खराब ब्याटिंगलाई निरन्तरता दिएका विकेट किपर ब्याट्सम्यान बिनोद भण्डारीले ७ रनमात्र बनाए । दीपेन्द्र सिंह ऐरिले बिष्फोटक ब्याटिङ गर्दै ८ चौका र ४ छक्काको मद्धतले ३७ बलमा ७३ रन जोडे । इनिङ्सको अन्तिम बलमा छक्का प्रहार गरेका सोमपाल १० रनमा नट आउट रहे ।

४:४३ मा सच्याएको ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.