7 years ago
September 21, 2017
काठमाडौं (हाम्रो खेलकुद)– भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अभ्यास खेलमा लगातार दोस्रो जित हासिल गरेको छ । आजको खेलमा उप कप्तान ज्ञानेन्द्र मल्लको शतकबाट प्ररित नेपाली टोली मिलानपुर रिक्रियसन क्लबलाई ५२ रनले पराजित गर्यो ।
२ सय ५२ रनको लक्ष्य पछ्याएको मिलानपुरले राम्रो सुरुआत गरेपछि टोलीले ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९९ रनमा बनाउन सक्यो । तर पहिलो विकेटको साझेदारी टुटेपछि भने टोलीले उच्च साझेदारी गर्न सकेन । टोलीका ए रत्नमले अविजित ३५ रन तथा सन्नीकुमार सिंहले १० गणेश मूर्तीले ११ रन जोडे ।
ओपर सुदन सञ्जिव र आर विवेकले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरेका थिए । सुदनले ३७ र विकेक ३८ रन बनाए । नेपालका लागि सागर पुन सुशन भारीले समान २ तथा सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिएका थिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ज्ञानेन्द्रको शतकसँगै ७ विकेटको क्षतिमा २ सय ५१ रन बनाएको छ । ज्ञानेन्द्रले पहिलो विकेटका लागि सागर पुनसँग ६७ रनको साझेदारी गरेका थिए । सागरले २५ रन जोडे भने शरद भेषावकर अर्धशतकबाट २ रनले चुके । शरदले ७३ बलमा ३ चौकाको मद्दतमा ४८ रन जोडे ।
पहिलो अभ्यास खेलमा रनको खाता खोज्न नसकेका कप्तान पारस खड्काले २२ रन बनाए । करन केसीले २०, पहिलो खेलमा अर्धशतक बनाएका सोमपाल कामीले अविजित १६, अरिफ शेखले अविजित ६ र दीपेन्द्र सिंह ऐरीले ३ बनाएका थिए । विनोद भण्डारीले रनको खाता खोल्न सकेनन् । ज्ञानेन्द्रले १ सय २३ बलमा १३ चौका र १ छक्का प्रहार गरेका थिए । रिक्रियसनका लागि गणेश मूर्ती, एभिआर रथनाम र एन हरिशले समान २ विकेट लिएका थिए ।
विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत यो महिनाको अन्त्यतिर हुने दुई खेलको अन्तिम तयारीका लागि नेपाली टोली भारत यात्रामा निस्केको थियो । नेपाल र हङकङबीच असोज र २७ र २९ मा हङकङमा दुई खेल हुनेछ । भारत भ्रणमका चार अभ्यास खेल मध्ये पहिलो खेलमा नेपाली टोलीले डिन्डिगुल ड्रागन्सलाई १ सय ५३ रनको फराकिलो अन्तरले हराएको थियो । तेस्रो अभ्यास खेल शनिबार हुनेछ ।
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासमा त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेशले पहिलो पटक जित हासिल गरेको छ । बुधवार भएको खेलमा मधेशले आर्मीलाई ३ विकेटले हराउँदै ऐतिहासिक जित हात पारेको हो । मधेशले आर्मीलाई समग्रमा दोस्रो पटक र पिएम कपमा पहिलो पटक हराएको हो । सन् २०२३ मा पोखरामा भएको […]
March 19, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को आफ्नो पहिलो खेलमा नियमित कप्तान हार्दिक पाण्ड्याको अनुपस्थितीमा मुम्बई इन्डियन्सको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् । मुम्बईका मुख्य प्रशिक्षक महेला जयवर्धनेले बुधबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा सुर्यकुमारले पहिलो खेलमा कप्तानी गर्ने बताएका हुन् । नियमित कप्तान हार्दिक पाण्ड्यालाई सन् २०२४ को आइपिएलको अन्तिम खेलमा स्लो ओभर रेटका कारण […]
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशविरुद्ध जित हासिल गरेको छ । बुधवार भएको खेलमा सुदूरपश्चिमले ५ विकेटको जित हासिल गर्यो । लुम्बिनीले दिएको १ सय १७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा किरण कुमार ठगुन्नाले नट आउट रहँदै सर्वाधिक ४३ […]