default_image

7 years ago

September 21, 2017

अभ्यास खेलमा नेपालले बनायो २ सय ५१ रन

108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– उप कप्तान ज्ञानेन्द्र मल्लको शतकसँगै भारतको चेन्नई भ्रमणमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा ७ विकेटको क्षतिमा २ सय ५१ रन बनाएको छ ।

मिलानपुर रिक्रियसन क्लबविरुद्ध टस जितेर ब्याटिङ गरेको नेपालका लागि ओपनर समेत रहेका ज्ञानेन्द्रले रिटार्य हर्ट हुनुअघि सय रन बनाएका थिए । उनले पहिलो विकेटका लागि सागर पुनसँग ६७ रनको साझेदारी गरेका थिए ।

सागरले २५ रन जोडे भने शरद भेषावकर अर्धशतकबाट २ रनले चुके । शरदले ७३ बलमा ३ चौकाको मद्दतमा ४८ रन जोडे । पहिलो अभ्यास खेलमा रनको खाता खोज्न नसकेका कप्तान पारस खड्काले २२ रन बनाए ।

करन केसीले २०, पहिलो खेलमा अर्धशतक बनाएका सोमपाल कामीले अविजित १६, अरिफ शेखले अविजित ६ र दीपेन्द्र सिंह ऐरीले ३ बनाएका थिए । विनोद भण्डारीले रनको खाता खोल्न सकेनन् । ज्ञानेन्द्रले १ सय २३ बलमा १३ चौका र १ छक्का प्रहार गरेका थिए ।

रिक्रियसनका लागि गणेश मूर्ती, एभिआर रथनाम र एन हरिशले समान २ विकेट लिएका थिए । विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत यो महिनाको अन्त्यतिर हुने दुई खेलको अन्तिम तयारीका लागि नेपाली टोली भारत यात्रामा निस्केको थियो ।

नेपाल र हङकङबीच असोज र २७ र २९ मा हङकङमा दुई खेल हुनेछ । भारत भ्रणमका चार अभ्यास खेल मध्ये पहिलो खेलमा नेपाली टोलीले डिन्डिगुल ड्रागन्सलाई १ सय ५३ रनको फराकिलो अन्तरले हराएको थियो ।

March 19, 2025

आर्मी मधेशसँग पहिलो पटक पराजित

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासमा त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेशले पहिलो पटक जित हासिल गरेको छ । बुधवार भएको खेलमा मधेशले आर्मीलाई ३ विकेटले हराउँदै ऐतिहासिक जित हात पारेको हो । मधेशले आर्मीलाई समग्रमा दोस्रो पटक र पिएम कपमा पहिलो पटक हराएको हो । सन् २०२३ मा पोखरामा भएको […]

March 19, 2025

सुर्यकुमार मुम्बईको कप्तान बन्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को आफ्नो पहिलो खेलमा नियमित कप्तान हार्दिक पाण्ड्याको अनुपस्थितीमा मुम्बई इन्डियन्सको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् । मुम्बईका मुख्य प्रशिक्षक महेला जयवर्धनेले बुधबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा सुर्यकुमारले पहिलो खेलमा कप्तानी गर्ने बताएका हुन् । नियमित कप्तान हार्दिक पाण्ड्यालाई सन् २०२४ को आइपिएलको अन्तिम खेलमा स्लो ओभर रेटका कारण […]

March 19, 2025

सुदूरपश्चिमले लुम्बिनीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशविरुद्ध जित हासिल गरेको छ । बुधवार भएको खेलमा सुदूरपश्चिमले ५ विकेटको जित हासिल गर्यो । लुम्बिनीले दिएको १ सय १७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा किरण कुमार ठगुन्नाले नट आउट रहँदै सर्वाधिक ४३ […]

Success

Thank you for your time.