8 years ago
September 21, 2017
कोलकोता (एजेन्सी)– भारत र अस्ट्रेलियाबीचको दोस्रो एक दिवसिय क्रिकेट खेल आज हुँदैछ । पाँच एक दिवसिय श्रृखंलामा भारतले १–० को अग्रता लिइसकेको छ । निरन्तरको हारलाई रोक्दै अस्ट्रेलियाले श्रृखंलामा बराबरी गर्ने प्रयास गर्नेछ ।
पहिलो खेलमा अस्ट्रेलिया डिएलको आधारमा २६ रनमा पराजित भएको थियो । वर्षाका कारण २१ ओभरमा १ सय ६४ को लक्ष्य पछ्याएको भ्रमणकारी टोलीले ९ विकेट गुमाउँदै १ सय ३७ रन समेटिएको थियो ।
पछिल्लो १० खेलमा अस्ट्रेलिया एउटा खेल मात्र जित्न सफल भएको छ । सन् २०१६ मा आयरल्यान्डसँग जितेयता अस्ट्रेलियाले कुनै एक दिवसीय खेल जितेको छैन । भारतविरुद्धको श्रृखंलामा पुनरागमन गर्न अस्ट्रेलियन ब्याट्सम्यानले उच्च प्रदर्शन गर्न जरुरी छ । आज कोलकातामा हुने खेल अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथको एक सयौं खेल हो ।
अर्को तिर भारतले इडेन गार्डेनमा रोहित शर्माबाट राम्रो प्रदर्शनको अपेक्षा गर्नेछ । रोहितले यो मैदानमा पछिल्लो ९ खेलमा १ सय १३.४२ को औसतमा ७ सय ९४ रन बनाएका छन् । इडेन गार्डेनको घाँसे मैदानले सिमरलाई समर्थन गर्नेछ । अघिल्लो आइपिएल सिजनमा सिमरले यस मैदानमा १६.४ को औसतमा ६१ विकेट लिएका थिए । जहाँ स्पिनरले २३ को औसतमा २४ विकेट मात्र लिन सकेका थिए ।
March 27, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा पहिलो जित हात पारेको छ । लखनउले सनराइर्जस हैदराबादलाई ६ विकेटले परजित गर्यो । १ सय ९१ रनको लक्ष्य लखनउले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । लखनउको जितमा निकोलस पुरनले २६ बलमा समान ६ छक्का र चौकासहित सर्वाधिक ७० रन जोडे । […]
March 27, 2025
एजेन्सी – सनराइजर्स हैदराबादले इण्डियन प्रिमियर लिग(आइपिएल) मा लखनउ सुपर जायन्ट्सलाई जितका लागि बलियो लक्ष्य दिएको छ । जारी खेलमा हैदराबादले लखनउलाई जितका लागि १ सय ९१ रनको लक्ष्य दिएको छ । घरेलु मैदान राजिब गान्धि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रनको […]
March 27, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादविरुद्ध टस जितेको छ । हैदराबादको घरेलु मैदान राजिब गान्धि क्रिकेट स्टेडियममा लखनउका कप्तान ऋषभ पन्तले टस जितेर बलिङ रोजेका हुन् । पहिलो खेलमा हैदराबादले राजस्थान रोयल्सलाई पराजित गरेको थियो । लखनउ सिजनको पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा लखनउ दिल्ली क्यापिटल्ससँग पराजित […]