default_image

8 years ago

September 20, 2017

वेस्ट इन्डिजमाथि इङ्ल्यान्डको जित

81 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी)– टोलीमा पुनरागमन गरेका ओपनर ब्याट्सम्यान जोनी बैरस्टोले शतक प्रहार गरेपछि घरेलु मैदानमा गए राती इङ्ल्यान्डले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको छ । ५ एक दिवसीय क्रिकेट शृंखलामा घरेलु टोलीले १–० को अग्रता बनाएको हो ।

 

Jonny

जोनी बैरस्टो

यो खेल गुमाएपछि वेस्ट इन्डिजले २०१९ को विश्व कपमा सोझै स्थान बनाउने सम्भावना गुमाएको छ । अब विश्व कप खेल्न वेस्ट इन्डिजले छनोट खेल्नु पर्ने हुन्छ । वेस्ट इन्डिजको हारले श्रीलंकाले भने विश्व कपमा सोझै प्रवेश पाएको छ ।

बर्षाले ४२ ओभरमा छोट्याइएको खेलमा घरेलु टोलीले ३०.५ ओभरमा २ सय ५ को लक्ष्य प्राप्त गरेको हो । बैरस्टोले खेल जीवनको एक दिवसीय शतक पुरा गरेपछि इङ्ल्यान्ड जित निकालेको हो । उनले ९७ बलको सामना गर्दै ११ चौका प्रहार गरेका उनको अविजित सय रन बनाएका थिए ।

३१ रनमा पहिलो विकेट गुमाएपनि जो रुट र बैरस्टोबीचको शतकीय साझेदारी बनेपछि इङ्ल्यान्डको जित सहज बनेको थियो । उनीहरुबीच १ सय २५ रनको साझेदारी हुँदा रुटले ५४ रन बनाए । २४ रनमा अविजित रहेका बेन स्टोक्सले छक्का प्रहार गर्दै इनिङसको समाप्ती गरेका थिए । वेस्ट इन्डिजका केस्रिक विलियम्सले २ र जेरा्ेम टेलरले पनि विकेट लिए ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको वेस्ट इन्डिजले ४२ ओभरमा ९ विकेटको क्षेतिमा २ सय ४ रन बनाएको थियो । क्रिस गेलले ३ छक्का प्रहार गर्दै राम्रो सुरुआत दिलाएपनि ५३ रन जोड्दा वेस्ट इन्डिजले दुवै ओपनर गुमाएको थियो । शाइ होपले ३५ रन जोडे भने कप्तान जेसन होल्डर ४१ रनमा अविजित रहे । इङ्ल्यान्डका लागि स्टोक्सले ३, अदिल राशिद र क्रिस वोक्सले समान २ तथा मोइन अलि र डेभिड विल्लीले समान १ विकेट लिए ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.