8 years ago
September 19, 2017
काठमाडौं (हाम्रो खेलकुद)– बलिङमा सामूहिक प्रदर्शनपछि नेपालले भारतको चेन्नईमा पहिलो अभ्यास खेल १ सय ५३ रनले जितेको छ । एसआरएम विश्वविद्यालयको मैदानमा सोमपाल कामी र बसन्त रेग्मी ले उत्कृष्ट ब्याटिङपछि २ सय १७ रनको लक्ष्य पछ्याएको तमिनाडु प्रिमियर लिगको डिन्डिगुल ड्रयागन्ससँगलाई ३५.३ ओभरमा नेपालले ६३ अलआउट गरेको थियो ।
डिन्डिगुलका लागि मोहम्मद असिफले मात्र दोहोरो आँकडामा रन जोड्न सके । उनले २४ रन बनाएका थिए । नेपालका लागि सागर पुनले ३, सोमपाल र सन्दीप लामिछाने समान २ विकेट लिए । सुशिल कडेल र ललितसिंह भण्डारीले समान १ विकेट लिए । खेलमा नेपालले ६ बलर प्रयोग गरे मध्ये विकेट लिन नसक्ने बसन्त एक्ला रहे ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालका लागि तल्लो क्रमका ब्याट्सम्यान सोमपाल र बसन्तले उच्च प्रदर्शन गरेपछि निर्धारित ५० ओभरमा ८ विकेटको क्षेतिमा २ सय १६ रन जोडेको थियो । दबाबकाबीच सोमपाल र बसन्तले सातौं विकेटका लागि १ सय ७ रनको साझेदारी गरेपछि नेपालले सम्मानजनक स्कोर बनाएको थियो । सोमपालले ६६ र बसन्तले अविजित ५६ रन बनाए थिए । ७७ बल खेलेका सोमपालले २ चौका र ४ छक्का प्रहार गरे । बसन्तले ८३ बलमा १ चौका र २ छक्का प्रहार गरे ।
त्यसअघि ८५ रन जोड्दा नेपालले महत्वपूर्ण ६ विकेट गुमाएको थियो । ओपनर ज्ञानेन्द्र मल्ले ३९ अर्का ओपनर सागर पुनले १५ र आसिफ शेखले २१ रन बनाए भने अन्य खेलाडी सस्तैमा आउट भएका थिए । कप्तान पारस खड्का पहिलो बलमै आउट भए भने सन्दीप लामिछानेले २ तथा शरद भेषावकर र विनोद भण्डारीले समान १ रनमा आउट भएका थिए । सुशिल कंडेल १ रनमा अविजित रहे ।
विश्व कप क्रिकेट लिग (डब्लूसिएल) च्याम्पियसिप अन्तर्गत अर्को महिना हङकङविरुद्धको दुई खेलको तयारीका लागि नेपाली टोली भारत भ्रमणमा निस्केको हो । चेन्नईमा नेपालले ४ वटा अभ्यास खेल खेल्दैछ ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]