default_image

8 years ago

September 19, 2017

अभ्यास खेलमा सोमपाल र बसन्तको अर्धशतक

81 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– तल्लो क्रमका ब्याट्सम्यान सोमपाल कामी र बसन्त रेग्मीले उच्च प्रदर्शन गरेपछि भारतको चेन्नईमा नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा सम्मान जनक स्कोर खडा गरेको छ ।


तमिनाडु प्रिमियर लिगको डिन्डिगुल ड्रयागन्ससँगको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालका लागि सोमपाल र बसन्तले अर्धशतक पुरा गरेपछि ५० ओभरमा ८ विकेटको नोक्सानी २ सय १७ रन बनाएको छ । दबाबकाबीच सोमपाल र बसन्तले सातौं विकेटका लागि १ सय ७ रनको साझेदारी गरेपछि नेपालले सम्मानजनक स्कोर बनाएको थियो ।

सोमपालले ६६ र बसन्तले अविजित ५६ रन बनाए थिए । ७७ बल खेलेका सोमपालले २ चौका र ४ छक्का प्रहार गरे । बसन्तले ८३ बलमा १ चौका र २ छक्का प्रहार गरे । त्यसअघि ८५ रन जोड्दा नेपालले महत्वपूर्ण ६ विकेट गुमाएको थियो ।

ओपनर ज्ञानेन्द्र मल्ले ३९ अर्का ओपनर सागर पुनले १५ र आसिफ शेखले २१ रन बनाए भने अन्य खेलाडी सस्तैमा आउट भएका थिए । कप्तान पारस खड्का पहिलो बलमै आउट भए भने सन्दीप लामिछानेले २ तथा शरद भेषावकर र विनोद भण्डारीले समान १ रनमा आउट भएका थिए । सुशिल कंडेल १ रनमा अविजित रहे ।

विश्व कप क्रिकेट लिग (डब्लूसिएल) च्याम्पियसिप अन्तर्गत अर्को महिना हङकङविरुद्धको दुई खेलको तयारीका लागि नेपाली टोली भारत भ्रमणमा निस्केको हो । चेन्नईमा नेपालले ४ वटा अभ्यास खेल खेल्दैछ ।

March 19, 2025

आर्मी मधेशसँग पहिलो पटक पराजित

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासमा त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेशले पहिलो पटक जित हासिल गरेको छ । बुधवार भएको खेलमा मधेशले आर्मीलाई ३ विकेटले हराउँदै ऐतिहासिक जित हात पारेको हो । मधेशले आर्मीलाई समग्रमा दोस्रो पटक र पिएम कपमा पहिलो पटक हराएको हो । सन् २०२३ मा पोखरामा भएको […]

March 19, 2025

सुर्यकुमार मुम्बईको कप्तान बन्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को आफ्नो पहिलो खेलमा नियमित कप्तान हार्दिक पाण्ड्याको अनुपस्थितीमा मुम्बई इन्डियन्सको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् । मुम्बईका मुख्य प्रशिक्षक महेला जयवर्धनेले बुधबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा सुर्यकुमारले पहिलो खेलमा कप्तानी गर्ने बताएका हुन् । नियमित कप्तान हार्दिक पाण्ड्यालाई सन् २०२४ को आइपिएलको अन्तिम खेलमा स्लो ओभर रेटका कारण […]

March 19, 2025

सुदूरपश्चिमले लुम्बिनीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशविरुद्ध जित हासिल गरेको छ । बुधवार भएको खेलमा सुदूरपश्चिमले ५ विकेटको जित हासिल गर्यो । लुम्बिनीले दिएको १ सय १७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा किरण कुमार ठगुन्नाले नट आउट रहँदै सर्वाधिक ४३ […]

Success

Thank you for your time.