default_image

8 years ago

September 19, 2017

च्याम्पियन युवा क्रिकेट टोली मध्यरात स्वदेश आइपुग्यो

100 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी यू १९ पूर्व क्षेत्र क्रिकेट च्याम्पियन नेपाली युवा टोली मध्य रात स्वदेश फर्केको छ । पूर्व निर्धारित समय भन्दा झन्डै ६ घन्टा ढिला युवा टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेको थियो । टोली राती १ः०० बजे आइपुगेको थियो ।

स्वदेश फर्कनमा ढिलाई हुने भएको छ । युवा टोली हिमालयन एयरलाइन्सको विमानबाट टोली साँझ ६ः५५ बजे विमानस्थल ओर्लने तय थियो ।
मलेसियामा आइतबार हङकङलाई ५ विकेटले हराउँदै नेपाल पूर्व क्षेत्रको विजेता बनेको थियो ।

त्यो जितसँगै नेपाल एसिसी यू १९ एसिया कपका लागि समेत छनोट भएको थियो । समूह चरणका सबै खेल जितेको नेपालले सेमिफाइनलमा आयोजक मलेसियालाई १० विकेटले पराजित गरेको थियो । युवा टोलीका कप्तान दीपेन्द्र सिंह ऐरी र पूर्व कप्तान सन्दीप लामिछाने भने स्वदेश नआई सिनियर टोलीमा समावेश हुँन मलेसियाबाट भारत पुगिसकेका छन् ।

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्ध हुने दुई खेलको तयारीका लागि पारस खड्काको कप्तानीमा रहेको सिनियर टोली चेन्नईमा छ । आज टोलीले पहिलो अभ्यास खेल खेलिरहेको छ । सिनियर टोलीले चेन्नईमा ४ वटा अभ्यास खेल खेल्नेछ । पहिलो खेल भोली खेल्ने बताइएको छ । डब्लूसिएलअन्तर्गत नेपाल र हङकङबीच अक्टुबर १३ र १५ मा खेल हुनेछ ।

तस्बिर सौजन्य : क्रिकेटिङ नेपाल डट कम 

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.