default_image

7 years ago

September 18, 2017

च्याम्पियन युवा क्रिकेट टोली फर्कनमा ढिलाई

58 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी यू १९ पूर्वी क्षेत्र क्रिकेट च्याम्पियन नेपाली युवा टोली स्वदेश फर्कनमा ढिलाई हुने भएको छ । युवा टोली हिमालयन एयरलाइन्सको विमानबाट साँझ ६ः५५ बजे त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने तय भएपनि कम्तीमा २ घन्टा ढिला हुने टोलीका प्रशिक्षक विनोद दासले फेसबुकमा स्ट्याटस राखेका छन् ।

nepal u19

मलेसियामा हिजो हङकङलाई ५ विकेटले हराउँदै नेपाल पूर्वी क्षेत्रको विजेता बनेको थियो । त्यो जितसँगै नेपाल एसिसी यू १९ एसिया कपका लागि समेत छनोट भएको थियो । समूह चरणका सबै खेल जितेको नेपालले सेमिफाइनलमा आयोजक मलेसियालाई १० विकेटले पराजित गरेको थियो ।

युवा टोलीका कप्तान दीपेन्द्र सिंह ऐरी र पूर्व कप्तान सन्दीप लामिछाने भने स्वदेश नआई सिनियर टोलीमा समावेश हुँन मलेसियाबाट भारत जिने बताइएको छ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्ध हुने दुई खेलको तयारीका लागि पारस खड्काको कप्तानीमा रहेको सिनियर टोली हिजो भारतको चेन्नई गएको थियो ।

सिनियर टोलीले चेन्नईमा ४ वटा अभ्यास खेल खेल्नेछ । पहिलो खेल भोली खेल्ने बताइएको छ । डब्लूसिएलअन्तर्गत नेपाल र हङकङबीच अक्टुबर १३ र १५ मा खेल हुनेछ ।

January 15, 2025

मोन्टिको आगमनपछि सुध्रिएको नेपालको ब्याटिङ

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले २ वर्षअघि मोन्टि देशाइलाई मुख्य प्रशिक्षकको रुपमा पाएको थियो । ओडीआई मान्यता नै गुम्ने खतरा बढेको अवस्थामा जोखिम लिएर नेपाल आएका मोन्टिले छोटो समयमा नै आफ्नो प्रभाव जमाएर नेपालको ओडीआई मान्यता मात्र जोगाएनन्, लिग-२ को पुछारनजिकबाट तेस्रो स्थानसम्म उकाले । मोन्टिको नियुक्ति भएको २ वर्ष बित्दा नेपालको ब्याटिङमा […]

January 15, 2025

एलिट कप फाइनल – आर्मीविरुद्ध पुलिसको सामान्य अग्रता

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले सामान्य अग्रता लिएको छ। वीरगंजमा जारी फाइनलमा पुलिसले दोस्रो दिन बुधवारको खेल सकिँदा दोस्रो इनिङमा ९५ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा पुलिसले १ सय ३२ रन जोड्दा ९ विकेट गुमाएको छ । पुलिसका लागि कुशल भुर्तेलले […]

January 15, 2025

कविताको अर्धशतकमा सुदूरपश्चिमको जित

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर ब्याटर कविता कुँवरको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी प्रतियोगितामा बुधवार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । दिनको दोस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनीमाथि ७५ रनको जित हात पारेको छ । पहिलो खेलमा मंगलवार गण्डकी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । लुम्बिनी आफ्नो पहिलो […]

Success

Thank you for your time.