default_image

8 years ago

September 17, 2017

नेपाल उपाधि निकट, ७७ रनको लक्ष्य

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी एसिसी यू १९ पूर्वी क्षेत्रको क्रिकेट प्रतियोगिताको फाइदलमा ७७ रनको समान्य लक्ष्य पाएको छ । हङकङविरुद्ध टस जितेर पहिले बलिङ गर्ने कप्तान दीपेन्द्र सिंह ऐरीको निर्णयलाई सहि साबित गर्ने क्रममा नेपाली बलरले उच्च प्रदर्शन गरेका थिए । नेपालले हङकङलाई ३२ं.१ ओभरमा ७६ रनमा अलआउट गरेको छ ।

Nepal

जारी प्रतियोगितामा विना दवाब अघि बढेको नेपालका लागि आज सहाब आलमले ३, सन्दीप लामिछानेले ३ तथा कप्तान दीपेन्द्र र अनिल शाहले समान १ विकेट लिए । हङकङका लागि ओपनर हरप्रित सिंहले सर्वाधिक २० रन जोडे । जटहाभेत एसएसले १६, वाकास खनले १५ रन जोडे ।

आयोजक मलेसियालाई हिजो १० विकेटले हराउँदै नेपालले अन्तिम दुईको यात्रा तय गरेको थियो । आजको फाइनल जित्ने टोली मलेसियामा आयोजना हुने एसिसी यू १९ एसिया कपका लागि छनोट हुनेछ ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.