8 years ago
September 16, 2017
पोखरा (हाम्रो खेलकुद) – डाउन टाउन पोखरा लायन्सले माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । एमसीसी क्रिकेट मैदान नदीपुरमा आज भएको फाइनलमा पर्वत टाइटन्सलाई ८ विकेटले हराउँदै डाउन टाउनले उपाधि जितेको हो ।
पर्वतले दिएको १ सय रनको लक्ष्य डाउन टाउनले १७.५ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो । टोलीको जितमा सुदीप पौडेल अर्धशतक पुरा गरे । सुदीपले ५६ र अरुण अधिकारीले अविजित २७ रन जोडे । पर्वतका पारस लामिछाने र एगेन्द्र छन्त्यालले १–१ विकेट लिए ।
पहिले ब्याटिङ गरेको पर्वतले २० ओभरमा ९ विकेट गुमाएर ९९ रन बनाएको थियो । पर्वतका लागि पारस लामिछानेले १८, दिपेन राइमाझीले १६ तथा अविशेक थापाले अविजित १५ रन जोडे । पोखराका बिरु गुरुङ र हिमाल घलेले २–२ विकेट लिए ।
उपाधिसँगै पोखराले ३ लाख र पर्वतले २ लाख रुपैयाँ प्राप्त गर्यो । प्रतियोगितामा उत्कृष्ट खेलाडी बन्दै माछापुच्छ्रेका दिपेश खत्रीले २० हजार प्राप्त गरे । उत्कृष्ट ब्याट्सम्यान पनि दिपेश नै बने । यस्तै उत्कृष्ट बलर पोखराका बिरु गुरुङ घोषित भए । उत्कृष्ट ब्याट्सम्यान र बलरले समान १० हजार रुपैयाँ प्राप्त गरे ।
माछापुच्छ्रे क्रिकेट क्लब र खुकुरी इन्टरटेनमेन्टको आयोजनामा भदौं २० गतेबाट शुरु भएको प्रतियोगितानमा गण्डकी अञ्चलका विभिन्न ६ क्लबको सहभागिता थियो ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]