8 years ago
September 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको सेञ्चुरी बैंक सुपर सिक्सेस क्रिकेट प्रतियोगिता कात्तिक तेस्रो साता हुने भएको छ । आयोजक एसएस इभेन्टले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै चौथो संस्करण कात्तिक २१ गतेबाट २५ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुर हुने जानकारी गरायो ।
सुपर सिक्सेसमा विभिन्न २४ कर्पोरेट टिमले सहभागिता जनाउने एसएस इभेन्टका सिइओ रमन शिवाकोटीले जानकारी गराए । सहभागी २४ टिमलाई आठ समूहमा विभाजन गरिने छ । हरेक समुहबाट शीर्ष दुई टोली प्रि–क्वार्टरफाइनलमा प्रवेश गर्नेछ ।
अघिल्लो संस्करणको च्याम्पियन यस प्रतियोगिताको मुख्य प्रायोजक सेञ्चुरी बैंक नै हो । ५ ओभरको हुने प्रतियोगिताको विजेताले अर्को वर्ष निशुल्क प्रवेश पाउनेछ । प्रतियोगितामा सहभागिता शुल्क भ्याटसहित ६५ हजार तोकिएको छ भने । प्रतियोगिता सञ्चालन गर्न करिव ३२ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]