default_image

7 years ago

September 16, 2017

मलेसिया विरुद्द नेपाल टस जितेर बलिङ गर्दै (लाइभ भिडियो सहित)

96 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी यू-१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाइनल खेलमा नेपालले मलेसिया विरुद्ध टस जितेर बलिङ्ग गर्ने निर्णय गरेको छ ।मलेसिया स्थित किन्रारा ओभल मैदानमा नेपालले घरेलु टोलीको सामना गर्दैछ ।

समूह‘ए’ को सबै खेल जितेको नेपाल विजेताका रुपमा अन्तिम चारमा पुगेको थियो । मलेसिया अर्को समूहको उपविजेताका रुपमा अघि बढेको थियो । अर्को सेमिफाइनलमा नेपालको समूहमा रहेको सिंगापुर र हङकङबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल जित्ने दुई टोली यू १९ एसिया कपका लागि छनोट हुनेछन् ।

समूह चरणमा नेपालले पहिलो खेलमा थाइल्यान्डलाई २ सय ५५ रनले, दोस्रोमा भुटानलाई ९ विकेट र हिजो अन्तिम खेलमा सिंगापुरलाई ७ विकेटले हराएको थियो ।

मलेशिया क्रिकेट संघको फेसबुकबाट लाइभ : (किल्क गरेर पनि हेर्न सक्नुहुनेछ)

November 18, 2024

वेस्ट इण्डिज र इङ्ग्ल्याण्डबीचको खेल रद्द

एजेन्सी – घरेलु टोली वेस्ट इण्डिज तथा इङ्ग्ल्याण्डबीचको पाँचौ टि ट्वान्टी आई बर्षाका कारण रद्द भएको छ । सोमवार बिहान हुनुपर्ने खेल बर्षाका कारण हुन नसकेको हो । अन्तिम खेल रद्द भएसँगै इङ्ग्ल्याण्डले ५ खेलको टि ट्वान्टी आई सिरिज ३-१ ले जित्यो । वेस्ट इण्डिजको ड्यारेन सामी नेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको […]

November 18, 2024

काठमाडौं गुर्खाजको जर्सी सार्वजनिक, बिवाइडी मुख्य प्रायोजक

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं गुर्खाजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि आइतवार आफ्नो जर्सी सार्वजनिक गरेको छ । काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौं गुर्खाजको ‘मार्की’ खेलाडी करण केसी, टोली प्रवर्द्धक एवं पूर्वमिस नेपाल शृंखला खतिवडा र गुर्खाजका क्रिकेट एम्बासडर एवं नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान इन्दु बर्माले जर्सी सार्वजनिक गरेका […]

November 17, 2024

धनगढीमा सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्ट सम्पन्न

धनगढी (हाम्रो खेलकुद)- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आइतवार ट्यालेन्ट हन्ट सम्पन्न गरेको छ । धनगढी क्रिकेट एकेडेमीको मैदानमा ट्यालेन्ट हन्ट संचालन भएको थियो । एनपिएल खेल्ने आशाका साथ आफूमा रहेको क्षमता प्रस्फुटन गर्न प्रदेश भरका युवाहरुको ट्यालेन्ट हन्टमा उत्साहजनक सहभागिता रहेको थियो । नेपाल क्रिकेट संघ क्यान (क्यान) ले […]

Success

Thank you for your time.