default_image

8 years ago

September 14, 2017

यू १९ क्रिकेटमा नेपालको अर्को उच्च प्रदर्शन, पवनले ६ विकेट लिए

86 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले एसिसी यू १९ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा पनि उच्च प्रदर्शनलाई निरन्तरता दिएको छ । नेपालले सिंगापुरविरुद्ध ६८ रनको लक्ष्य पाएको छ ।

nepal u19

भुटान र थाइल्यान्डमाथि सानदार जित दर्ता गरेको नेपालले आज टस जितेर ब्याटिङ रोजेको सिंगापुरलाई सस्तैमा अलआउट गरेको छ । पवन सर्राफले ८ ओभरमा ४ मेडनसहित १२ रन खर्चेर ६ विकेट लिएपछि सिंगापुर २८.३ ओभरमा ६७ रन जोड्दै अलआउट भएको छ । यो खेलको नतिजाले समूह विजेताको टुंगो लगाउनेछ । नेपाल र सिंगापुर यो खेलअघि नै सेमिफाइनल पुगिसकेका छन् ।

नेपाली युवा टोलीका लागि किशोर महतोले २ तथा सन्दीप लामिछाने र कप्तान दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिएका थिए । सिंगापुरका लागि सिद्धान्त र कप्तान आर्यमान सुनिलले समान २० तथा ओपनर रोहन रंगराजनले ११ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । ५ खेलाडीले रनको खाता समेत खोल्न सकेनन् ।

समूह चरणमा नेपालले भुटानलाई ९ विकेट र त्यसअघि थाइल्यान्डलाई २ सय ५५ रनले हराएको थियो । थाइल्यान्डलाई ९२ रनले हराएको सिंगापुरले त्यसअघि भुटानलाई ९ विकेटले नै पराजित गरेको थियो ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.