8 years ago
September 13, 2017
पोखरा (हाम्रो खेलकुद) – डाउन टाउन पोखरा लायन्स पोखरामा जारी माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । एमसीसी क्रिकेट मैदान नदीपुरमा बुधबार भएको क्वालिफायरको पहिलो खेलमा पर्वत टाइटन्सलाई २ विकेटले पराजित गर्दै डाउन टाउन एमसिएल क्रिकेटको फाइनल पुगेको हो ।
वर्षा कारण मैदान बिग्रिएपछि १६ ओभरमा घटाइएको खेलमा पर्वतले १६ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको थियो । पर्वतका अभिषेक थापाले २३, दिपेन रायमाझीले १८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । डाउन टाउनका बिरु गुरुङ, लाल बहादुर गुरुङ, प्रविन पाण्डे र हिमाल गाहाले समान २ विकेट लिए ।
७४ रनको लक्ष्य डाउन टाउनले १६ ओभरमै ८ विकेट गुमाएर पुरा गर्यो । डाउन टाउनका प्रविन पाण्डेले २७ तथा सुदिप पौडेलले १० रन बनाए । राजु तामाङ, राजु थापाले समान २ विकेट लिए । डाउन टाउनसँग पराजित भएको पर्वत टाइटन्सले छनोटको दोस्रो खेलमा माछापुच्छ्रे लायन्ससँग बिहिबार खेल्नेछ ।
माछापुच्छ्रे लायन्सले इलिमेटरको खेलमा भिएम वारियर्सलाई ८ विकेटले पराजित गर्दै अर्को चरणको लागि योग्य भएको हो । माछापुच्छ्रे क्रिकेट क्लब र खुकुरी इन्टरटेनमेन्टको आयोजनामा जारी लिगमा ६ टोलिको सहभागिता रहेको छ । विजेताले उपाधिसहित ३ लाख रुपैयाँ पाउनेछ । उप विजेताले २ लाख रुपैयाँ पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले समान १० हजार प्राप्त गर्नेछन् ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]