8 years ago
September 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यू १९ पूर्व क्षेत्र क्रिकेट प्रतियोगिता अन्तर्गत थाईल्याण्डविरुद्ध प्रभावशाली सुरुआत गरेको नेपाली टोलीले दोस्रो खेलमा भुटानविरुद्ध ५१ रनको लक्ष्य पाएको छ ।
टस जितेर पहिलो ब्याटिंग रोजेको भुटानले २८ ओभरमा ५० रन बनाउँदा सबै विकेट गुमायो । नेपालकालागि मध्यम गतिका बलर कप्तान दीपेन्द्र सिंह ऐरीले ५ विकेट लिए । अघिल्लो खेलमा एक्लै ७ विकेट लिएका सन्दिप लामिछानेले ४ विकेट लिए । दीपेन्द्रले ८ ओभरमा २३ रन खर्चिदै ५ विकेट लिएका हुन् । ७ ओभरमा ३ मेडेन सहित ७ रनमात्र दिंदै ४ विकेट लिएका हुन् ।
भुटानका उग्वेन डोर्जीले १३ र तासी फुन्त्सोले १६ रन बनाए भने अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । भुटानका चार ब्याट्सम्यानले रनको खाता खोल्न सकेनन् ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]