default_image

8 years ago

September 11, 2017

पदमलाई पारा एथलिट अवार्ड

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– फरक ढंगले सक्षम रहेका खेलाडीका लागि पनि नेपाल खेलकुद पत्रकार मञ्चले सम्मान गर्ने परम्परा केही वर्षअघि नै सुरु गरेको थियो । त्यहि सिलसिलालाई निरन्तरता दिदै मञ्चले यो बर्ष पदम बडेलालाई पारा एथलिट अवार्डबाट सम्मानित गरेको छ ।

ब्लाइन्ड टि ट्वान्टी विश्व कप क्रिकेटमा आफुलाई उत्कृष्ट ब्याट्सम्यानका रुपमा सावित गरेको पदमलाई राजधानीमा जारी पल्सर स्पोर्टस अवार्डमा पारा एथलिट अवार्ड प्रदान गरिएको हो ।

Para

गत वर्ष भारतमा भएको ब्लाइन्ड टि ट्वान्टी विश्व कपमा पदमले न्युजिल्यान्डविरुद्ध दोहोरो शतक बनाएका थिए । त्यसमा दोहोरो शतक बनाउने उनी एक्लो खेलाडी । उनको २ सय ११ रन मद्दतमा नेपालले न्युजिल्यान्डविरुद्ध ३ सय १५ रन बनाएको थियो । उनी खेलको म्यान अफ दी म्याच पनि चुनिए ।

२२ वर्षिय पदम अत्तरियाको दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसमा स्नातक तह तेस्रो बर्षमा अध्ययनरत छन् । दुई बर्षको उमेर पदमको आँखामा पक्षघात भएपछि आँखाको ज्योति गुमेको थियो । उनले एउटा आखा ले देख्दैनन भने अर्कोले २० मिटरसम्म मात्र देख्न सक्छन् ।

२०६८ साल देखि क्रिकेट खेल्न थालेका पदम नेपाली नेत्रहिन क्रिकेट टोलीका महत्वपूर्ण सदस्य हुन् । । उनले तीन वटा अन्तराष्ट्रिय प्रतियोगिता नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

Success

Thank you for your time.